Posted by: khadge December 18, 2006
"निर्दोश मेरो पछ्यौरीमा....."
Login in to Rate this Post:     0       ?        
आदरणीय साझाबासीहरु, तपाईहरुको यो असिम मायाले म निकै प्रभावित भएँ। मेरो यो आत्मकथा यतिविघ्न मन पराईदिनु हुन्छ भन्ने त मैले सोचेकै थिईन। अव झन प्रेसर बढ्यो मलाई त, फेरी राम्रो भएन भने जस्तो लागेर लेख्न लाग्दा त हात कामेर कस्तो हैरान भन्या। प्रिटी जी, के गर्ने क्रमश त राख्नै पर के रे। पवन जी, के गर्ने मासु खाँदा हड्डी, फूल टिप्दा काँडा त भै न हाल्छन नी हैन। राम्रो र नराम्रो भनेको त जीन्दगी को यीन यांग हुन, एक आर्काका परिपूरक। चिन्ता नगर्नुस, छिट्टै नै आर्को भाग लिएर प्रसतुत हुने नै छु। हे्तेरिका जी, आउँछ छिट्टै आऊँछ। माईला दाजु, ठेल्छु, छिट्टै ठेल्छु। स्ल्याकेडेमिक ज्यू, तपाई मुसुमुसु हासेको सम्झी म नि मुसुमुसु हाँस्दै छु। पुन्ट दाजै, खड्गे हैन के, कमल हो कमल मालामाल हुने त, मैले त केवल कमलका डायरीका केहि पन्ना मात्र पस्केको हुँ। मेरो नी त्यस्तो भाग्य कहाँ। मिराकल ज्यू, हासौ मज्जाले हासौ, कसैले पागल भन्दैनन्। तात तातो चिया ज्यू, पुगिन्छ गन्तव्य सम्म मज्जाले पुगिन्छ। मोरानहरुको राजा ज्यू, आउँछ छिट्टै आऊँछ। कुश, पहिलो प्रेम कहानी कहाँ सुन्नु भो र? दोश्रोको कुरा गर्नु भो। रमन जी, याहाँको तारिफको धन्यवादको लागी म नि:शव्द भए। धन्यवाद। राम प्रसाद सर, काउकिती नै लाग्यो र? कि कोहि संगै छन काउकुती लगाइदिने। जे होस अम्रिका आउनुभाछ, परिश्रम गरौं, फल मिल्ला नी। केमोफ्लाग्ड ज्यू, प्रेरणाको लागी मुरी का मुरी धनयवाद। अरु पनि डिटेल ल्याउने प्रयत्न गर्ने नै छु। जग्गू दादा, :) निकुञ्ज जी, कमलले डायरी लेख्ने बेलाँ मिती नै हाल्न बिर्सेछ, क्या बोर भन्या। दादा गीरी जी, हैन के गर्ने मुखाँ माड पनि त हाल्न परो नी, कथा मात्रै लेखेर हुन्न रहेछ, यसो कमाउन मूग्लान पस्या नी। अनि अन्त्यमा world_map, Tyra, Foe_4_mysty, Brain Malfunction, miss_ me तथा सबै मेरो कथा पढिदिनु हुने महानुभावलाई म मुरी का मुरि धन्यवाद टक्राउदै भोली कथाको चौथो प्रस्तुती लिएर आउने कुरो अवगत गराउन चाहन्छु।
Read Full Discussion Thread for this article