Posted by: CaMoFLaGeD December 14, 2006
Login in to Rate this Post:
0
?
अघि आधा घन्टा अगाडि "अब चाँहि सुत्छु,दिउँसो निकै काम गरिएको थियो" भनेर म्यासेन्जर साइन आउट गरेर यसो साझा सर्फ गर्या त ठ्याक्क आँखा यो थ्रेडमा पर्यो। पढि हालुम न त भनेर शुरु गर्या त ओहो!! कस्तो राम्रो लेख्या यि खड्गे जी ले! एक एक वाक्य उत्तिकै इन्टेरेस्टिङ्ग छ।
यात्राको बयान, प्लेनमा आन्टीले "रोक रोक" भनेको, कासा प्याको ब्याग मेड इन् थाइल्यान्ड, रिगल होटल, बिस्लेरी पानीको बोतल रु २० मात्र, भेरी यातायात, श्री डिस्टिलरी, हा हा हा.... मैले भने नि हरेक शब्दले पढ्ने मान्छेलाई तानेर राख्ने।
अझ आइन्स्टाइनको Theory of Relativity, गानाहरुको प्रशङ्ग!!!
प्रभु!!! मैले नमस्ते गरेँ है यहाँलाई, कता हुनुहुन्थ्यो यत्तिका दिन? ल ल लेखम, पढ्नलाई हामी लाइन लागेर बसेका छौँ।
:-)