Posted by: shirish November 24, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
बिर्खे जी राम्रो छ तर अझ दोह-याएर तेहाराएर सच्याउनु भए बेस होला ! नेपे गुरु भन्नु हुन्छ: revision धेरै गर्नु पर्छ ! हो पनि ! तर तपाईको मनस्थिती म बुझ्छु क्या ! हतार हुन्छ टांस्न लेखि सक्दा नसक्दै ! हे हे !मलाइ नि त्यस्तै रोग छ क्या ! ल अरु सच्याम् मैले सच्याउने धृष्टता गरें है ! गल्ति माफ पाम् ॥ दिनको प्रेम महल, रातमा खण्डहर छ आफ्नै कांध थापी छाना अडाउने रहर छ सांझै टिपि पोल्टा भरें मन भने भरिएन, छटपटाई कटाउन बांकी सबै प्रहर छ ! गुनासोको वर्षाले निथ्रुक्क भिजेको जिउ पोल्यो जताजतै, मानौं रगत मै जहर छ ! यात्राको थकानमाथि दिशा-हिन कम्पास, पाईला जङ्ल तिर, अर्कातिर शहर छ !
Read Full Discussion Thread for this article