Posted by: Birkhe_Maila November 23, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
मैले नि एउटा लेख्न खोजेको थिएँ, सुझावको अपेक्षामा। हाम्रो प्रेमको महल आज खण्डहर छ धुरि छाना फेर्ने अझै नि रहर छ बिलाएको नठान सबै तारा आकाशका तारा टिपि पोल्टा भर्न बाँकि प्रहर छ गुनासोको वर्षा कति अझै बर्साउँछौ यो बर्षातमा कतै अलिकति जहर छ जङ्गलको यात्रा गर्दा गर्दा थाकिसकेँ पाईला एउटै भए झिलिमिलि शहर छ
Read Full Discussion Thread for this article