Posted by: Birkhe_Maila September 1, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
एउटा प्रयास राख्दैछु, सुझावको अपेक्षामा :)- तेज आँधि, हावा हुरि, बार तिम्रो बनिदिएँ फकीर जस्तो मन तर तिमी मेरो भनिदिएँ दिन, बर्ष, हिसाब‍ किताब सबै मैले भुलेछु बादल जस्ता केश तिम्रा औँलाले गनिदिएँ आँखा बाट झर्ने मोती मेरो दिलमा चुहिँदा साथ दिन अलिकता आफ्नो आँशु पनि दिएँ सुरा, साकी, धुवाँ कुनै मात अब दिँदैनन् चंचल तिम्रा दुई नयन करोडौँमा छानिदिएँ तिमी भेटेँ दोबाटोमा लक्ष मैले भेट्टाइहालेँ तिम्रो पथको ढुङ्गा फोर्दै बाटो मैले खनिदिएँ
Read Full Discussion Thread for this article