Posted by: Gautam B. July 24, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
यो नया त झन खराँट निक्ल्यो गुरु! मानवीय स्वभावलाई सही बयान गरेका छन् यी शेरहरुले। अनि कता कता अध्यात्म पसेजस्तो पनि छ गुरुको मनमा। गुरु कमेण्ट पनि गर न साईँध्वा हो भनेर भन्नुहुन्छ, आफ्नोचैँ कमेण्ट गर्ने खुबी पनि छैन, आँट पनि छैन। मलाईचैँ रस मात्तै लिएर रमाउन दिनुस्। नमिठो लागे बोलौंला, नत्र चूपचाप आनन्द लिउँला। *********************** दिमागमा केहि हरफहरु बोकेर हिँडेको धेरै भईसकेको थियो। जबर्जस्ती एउटा गजलको रुप दिएको छु। मनको तितो मात्रै पोखेकोले गजल जस्तो नहोला पनि, माफ पाऊँ, यो यात्रामा साथ दिने एउटा निहुँकै रुपमा भएपनि राख्दैछु। लालीगुराँस क्रान्तिपछि फक्रेको मेरो मन लालीगुराँससंगै ओइलाएको छ। मनमा अनगिन्ती दृश्यहरु छन् वर्तमान नेपाली राजनीतिका। यस्तै दृश्यहरुले जन्माएका हुन तलका टुक्राहरु। सुनको कात्रो ओढाइरहेछ को? सिनोको आयू बढाइरहेछ को? मलामी हैन, सतीनै पो जान्छौ कि! अझै सलामी चढाइरहेछ को? तोपको मुखमा मलाई घचेटेर बर्दीमा ढाड अड्याइरहेछ को? आलै छ हिजो बगाएको रगत आजै चित्त यो डढाइरहेछ को? कोइली बन्न खोज्दैछन् कागहरु मलाई भाका पढाइरहेछ को?
Read Full Discussion Thread for this article