Posted by: shirish July 13, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
अचेल कम्युटर रेलमा सुडोकु गर्ने बानी लागेर गजल तिरको मन भासिएछ ! आज त एक्सप्रेस भेट्दा भेट्दै लोकल लिएर यति लेख्या छु ! खाका चाहि पहिले देखि थियो- गोल माल तर ! एउटा शेर चांहि एउटीले Drowning Fish भन्ने किताब पढ्दै गरेकी रै'छ मलाई त खुब घत लाग्यो ! So I incorporated in my writing. ;-) श्रृंगार बिहिन छालाको रङ्ग गुलाबी देखियो ॥ लक्षण भन्नु मात्र रगत मै खराबी देखियो ॥ बदली नहुंदै बाढी र डुबानको त्रास देखाई पानीबाट माछा बचाउछु भन्ने दाबी देखियो ॥ ग्रहणको प्रभाबले मेरो राज्य अझै अध्यारो ताराको समेत उज्यालो चोर्नेको हाबी देखियो ॥ More later
Read Full Discussion Thread for this article