Posted by: shirish June 1, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
५) उखान-टुक्का प्रयुक्तता : उखानटुक्का प्रभावशाली भाषाका महत्वपूर्ण अस्त्र हुन् । र्सवसाधारणले पनि उखानटुक्काका अर्थ र भावलाई सहजै बुझेका छन् । त्यसैले जीवनका उतार-चढाव, सुख-दुःख तथा शुभ-अशुभ घडीमा साधारण व्यक्तिहरूले पनि उखानटुक्काको प्रयोग बडो अर्थपूर्णढङ्गले गरेका हुन्छन् । यद्यपि उखान-टुक्काले प्रतीकात्मक अर्थ बहन गरेका हुन्छन् तापनि तिनको अर्थ दुरूह हुँदैन । त्यसैले साहित्यमा यस्ता तìवले महìव पाएका हुन्छन् । गजलमा पनि उखानटुक्काको प्रयोगलाई महवपूर्णढङ्गले हेरिन्छ । उखानटुककाको प्रयोगलाई महत्वपूर्ण मानिन्छ । उखानटुक्काको प्रयोग गर्दा गजलकारले नै होसियारीपर्ूवक काम गर्नुपर्दछ । यदि उखानटुक्काहरूको प्रयोगबाट शेरमा प्रभाव उत्पन्न गर्न सकिएन भने त्यसको प्रयोग निर्रथक हुन्छ । त्यसैले उखानटुक्काहरूको प्रयोगबाट शेरमा प्रभाव उत्पन्न गर्न सकिएन भने त्यसको प्रयोग निर्रथक हुन्छ । त्यसैले उखान टुक्काको प्रयोग गजलको गुण हो भन्ने ठानेर अप्रासङ्गिकढङ्गले यिनको प्रयोग गर्नु भने बुद्धिमता हुँदैन । अतः गजलकारले सावधानीपूर्वक चमत्कारपूर्ण अर्थ प्रतिपादनका लागि तथा शेरलाई गहन र भावपूर्ण बनाउने उद्देश्यले मात्र उखानटुक्काको प्रयोग गर्नु उचित हुन्छ । - ६) गेयात्मकता : गजल बहरबद्ध हुन्छ । बहरबद्ध हुनु भनेको नै गेयगुणले युक्त हुनु हो । गेयता गजलको पहिलो र्सत हो । गेयगुण विनाको गजल प्राण विनाको शरीर जस्तै हुन्छ । गजल विभिन्न राग र तालमा गाइन्छ । यर्सथ गजलकारले गजल लेख्नुपूर्व कुनै न कुनै लयलाई आत्मसात गर्नु र त्यही लयमा गुनगुनाउँदै गजल रचना गर्नु आवश्यक हुन्छ । लयबद्धताको विशेषताले नै गजलमा सङ्गीतात्मकताको पुट पाइन्छ । गेयताका लागि अनेक शास्त्रीय बहरहरू विहित छन् । यस्ता बहरका अतिरिक्त हाम्रा आफ्नै उच्चार्य अक्षरको एकरूपतामा आधारित लयहरू पनि छन् । तिनलाई आत्मसात गरेर गजल लेख्दा गेयात्मक हुन्छ । - ७) विश्लेषणीयता : गजल थोरैमा धेरै भनिने विधा हो । गजलका शेरहरूमा थोरैभन्दा थोरै शब्दहरूबाट धेरैभन्दा धेरै र अति सूक्ष्म एवं गहन विषयवस्तुको प्रस्तुतीकरण हुन्छ । भनिन्छ, गजलको कुनै एउटा मात्र शेरको व्याख्या गद्यका कैयौँ पृष्ठमा गर्न सकिन्छ । विश्लेषणीयताका लागि गजलकारले आफ्ना शेरहरूमा भावको सारलाई समेट्न सक्नर्ुपर्दछ । भावसघनता गजलको विशेषता हो । सामान्य अभिव्यक्ति वस्तुतः विश्लेषणीय हुन सक्दैन । यर्सथ गजलकारले आफ्ना गजल रचना गर्दा विभिन्न कोणले हेर्न र व्याख्या गर्न सकिने खालका शेरहरूको रचना गर्नुपर्दछ । - ८) प्रतीकात्मकता ः गजलमा विम्ब र प्रतीकहरूको महìवपूर्ण् स्थान हुन्छ । गजललाई विश्लेषणीय बनाउन यी तìवहरूले सहयोग पुर्याउँछन् । अभिधा अर्थयुक्त सिधा भनाइले गजलको मर्ममा आघात पुर्याउँछ । गजलकारले आफ्ना शेरहरूलाई विभिन्न सरल र सहज प्रतीकहरूले सजाउन सक्नर्ुपर्दछ । प्रतीकात्मकता काव्यका हरेक शाखा-प्रशाखाका लागि उत्तिकै महìवपूर्ण मानिन्छ भने गजलका लागि त अपरिहार्य नै ठानिन्छ । ९) कोमलता : गजल कोमल हुनुर्पर्दछ भन्ने मान्यता हिजो पनि थियो र आज पनि छ । गजलमा श्रुति कटु र अर्थका दृष्टिले दुरूह, क्लिष्ट, अपशब्द र अपमानको लागि प्रयोग हुने अनादरबाची शब्दहरूको प्रयोग निषिद्ध छ । यसका र्सवथा शिष्ट र कोमलकान्त पदावली अपेक्षित हुन्छ । गजलमा शब्द मात्र कोमल भएर पुग्दैन, त्यसको अर्थ पनि कोमल नै हुनर्ुपर्दछ । सुकोमल र हृदयस्पर्शी शब्द र भावहरूले सजिएको गजल नै सुन्दर र आकर्ष लाग्दछ । - १०) उक्ति वैचित्र्य : गजलका प्रत्येक शेरहरू स्वरूप र अर्थ दुवै दृष्टिले वैचित्र्यपर्ूण्ा हुनर्ुपर्दछ । उक्ति वैचित्र्यलाई 'तगज्जुल' भनिन्छ । गजलको स्तरमापन गर्ने मूल आधार नै 'तगज्जुल' हो । त्यसैले गजलका शेरहरू चोटिला, कष्ठस्थ हुनेखालका, सुक्तिमय र प्रभावोत्पादक अर्थवाहक हुनर्ुपर्दछ । श्रोता या पाठकलाई शब्द र अर्थ दुवै माध्यमबाट झट्का निदसक्ने अभिव्यक्ति नै 'तगज्जुल' हो । जुन शेरले दिल छुँदै छुँदैन could NOT find the rest at http://www.gorkhapatra.org.np/mag.php?p=madhupark/2063/02/inner/inner3
Read Full Discussion Thread for this article