Posted by: shirish June 1, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
Interesting article about ghazal. As far as I know the writer has done Ph.D in ghazal. गजल डा. घनश्याम न्यौपाने 'परिश्रमी' गजल काव्यको एउटा अत्यन्त लोकप्रिय र सुन्दर रूप हो । यो विभिन्न सौर्न्दर्य तìवहरूले अलङ्कृत हुन्छ । गजलको सौर्न्दर्य यसैमा नै रहेको हुन्छ । यसका हरेक शेरको प्रभाव सिधैं पाठकवर्ग एवं श्रोताका मनमा पर्न सक्नर्ुपर्छ । प्रत्येक शेरले पाठक र श्रोतालाई रस प्रदान गरुन्, आनन्दको अनुभूति गराऊन् भन्ने उद्देश्य राखेर गजल रचना गर्नुपर्दछ । यदि केही कुराहरूलाई मात्र विशेषरूपले ध्यान दिन सक्ने हो भने गजल गुणवत्ता र रसवत्ताको कसीमा खरो उत्रन्छ । केही यस्ता पक्षहरू छन् जुन गजलका दोष मानिन्छन् । यदि अलिकति ध्यान दिने हो भने गजललाई दोषमुक्त गर्न सकिन्छ र यो प्रभावकारी बन्न सक्दछ । गजलका गुणहरू वास्तवमा गजलको सौर्न्दर्य वृद्धिका कारण मात्र होइनन् अपितु यसको सम्प्रेषणीयताका मूल आधार पनि हुन् । प्रथमतः यहाँ गजलका केही गुणहरूको चर्चा गरिएको छ । जुन निम्नअनुसार छन्- - ) स्पष्टता: गजलको शेरमा जुन भाव वा विचार अभिव्यक्त गरिएको हुन्छ त्यो स्पष्ट हुनु आवश्यक छ । गजलमा अर्थ या भावलाई असर गर्ने र अभिव्यक्त गर्न असजिलो लाग्ने शब्दहरू प्रयोग गर्नु हुँदैन । गजलमा प्रयुक्त शब्दहरू सभ्य समाजका लागि स्वीकार्य हुनर्ुपर्दछ । गजलमा पाठक र श्रोताहरूका लागि दुरुह लाग्ने किसिमका शब्दहरू र्सवथा त्यज्य हुन्छन् । गजलको शेर सुनेपछि वा पढेपछि श्रोता या पाठकका मनमा विषयवस्तुको कमी र अर्थको अस्पष्टताको आभास हुनुहुँदैन । शेरको अर्थ बुझ्नका लागि श्रोता या पाठकले कठिनाइको अनुभव गर्नुहुँदैन । जुन शेरका शब्दहरूको अर्थ बुझ्नका लागि दिमाग खियाउनुपर्ने र शब्दकोश पल्टाउनुपर्ने स्थिति आउँछ त्यस्ता शेर स्पष्टता नामक गुणबाट बञ्चित हुन्छन् । यर्सथ गजलस्रष्टाले हरेक शेरमा सहजबोध्य र सरल शब्दहरू प्रयोग गर्नुपर्दछ । जसबाट पाठक या श्रोताले त्यसको भाव वा अर्थ सहजतापर्ूवक बुझ्न सकुन् । २) प्रौढता/परिपक्वता : गजलको शेरमा वणिर्त भाव या विचार प्रौढता गुणले युक्त हुनर्ुपर्दछ । शेरको भाव या विचारमा अपरिपक्वपन देखिनु उचित हुँदैन । शेरहरू विषय र अभिव्यक्ति दुवै दृष्टिले परिपाक देखिनर्ुपर्दछ । यसका लागि कलाका दृष्टिले पनि शेरहरूमा कुनै दोष हुँदैन । परिपक्व विचार या भाव व्यक्त हुन नसकेको गजलको शेर वस्तुतः महìवहीन हुन पुग्दछ । यस्ता शेरले गजलको गरिमामा नै असर पारेको हुन्छ । यर्सथ गजलकारले आफ्नो गजलका शेरहरूमा प्रौढता नामक गुणलाई आत्मसात् गर्नु अति आवश्यक हुन्छ । ३) अर्थपूर्णता : गजल यद्यपि शेरहरूको समष्टि रूप हो, तापनि यसका प्रत्येक शेरहरू स्वयम्मा स्वतन्त्र र परिपूर्णता हुन्छन् । विषयवस्तुका दृष्टिले प्रत्येक शेर श्वायत्त वा सम्पर्ूण्ा इकाइ हुनु गजलको विशेषता हो । यद शिेरमा कुनै विशेष शब्द या अक्षरको अभाव अनुभव भएमा या विषयवस्तुको प्रतिपादनमा अपूर्ण जस्तो लागेमा पाठक वा श्रोतागणले त्यस शेरको अर्थ ठीकसँग ग्रहण गर्न सक्दैनन् । अतः शेरमा प्रतिपादित विषयवस्तु अर्थपूर्णढङ्गले वणिर्त हुनु हरेक शेरमा आवश्यक हुन्छ । अर्थपूर्णताको अभावमा गजलको शेर अपाङ्ग ठहरिन्छ र सिङ्गो गजलमाथि नै यसको नकारात्मक असर पर्दछ । ४) अन्योन्याश्रतिता : गजलका हरेक शेरहरूमा दुइवटा मिसरा हुन्छन् । पहिलो मिसरालाई 'मिसरा ए उला' र दोस्रो मिसरालाई 'मिसरा ए सानी' भनिन्छ । पहिलो मिसराले जुन विषयवस्तुको उपस्थापन गर्दछ त्यसलाई प्रमाणित वा पुष्टि गर्ने काम दोस्रो मिसराले गर्दछ । गजलमा दुवै मिसरा पृथक-पृथकढङ्गले अर्थपूर्ण हुन सक्दैनन् । यदि दुवै मिसराले अलग अलग सम्पूर्ण अर्थ बहन गरेमा त्यस्तो शेर प्रभावकारी हुन सक्तैत साथै यस्तो शेर गजलका लागि स्वीकार्य पनि हुँदैन । एकअर्कामा अर्थका लागि 'मिसरा ए उला' र 'मिसरा ए सानी' का बीच जुन अर्न्तर्सम्बन्ध रहन्छ, यस्तो अर्न्तर्सम्बन्धलाई नै अन्योन्याश्रतिता भनिन्छ । यसलाई अभेदनीयता पनि भनिन्छ । उर्दूमा यसलाई 'रब्त' भनिन्छ । -
Read Full Discussion Thread for this article