Posted by: Acharya Dilip May 15, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
शिरीषजी , वाह ! वाह !! (गजल दामि छ भने "वाह ! वाह !!" नभनि चित्तै बुझ्दैन । ) मलाई सबैभन्दा मन परेको शेर चाँही : पछिल्ला क्रिडाका दाग सुक्दा नसुक्दै, एकै क्षणमा फेरी फोहोर हुन सक्छु ! तपाईले कुन अर्थमा लेख्नु भयो कुन्नी तर यसको multiple layers of meanings हेर्‍यो भने त के के बुझीन्छ के के (is my mind corrupted and only I see this meaning or you can also feel it?) Anyway, I love that: बिर्खे भाई ! (दाई भन्नु भएकोले म त straight भाई मा आएँ) म भन्दा पहिला यो धागोमा तपाई हुनुहुन्थ्यो र यहाँ टाँसने काम भर्खरै थाले पनि तपाईहरुको रचना भने निक्कै पहिले देखी पढदै थीएँ । सिधा कमेण्ट दिनु होला ल? तपाईको दुईवटा शेर खुब दामि लागेका थिए, यहाँ पून टाँस्दैछु । नरबलि’ मेरो भाईको, दिन्न अब पुजारिले मुर्ती फाल्न त्यो, पर्खाल हटाउन खोज्दै छु! कयौँ पटक पोइलिएकी, स्वास्नी नभै भएन! काटेर त्यो ‘जार’, स्वास्नी ल्याउन खोज्दै छु! अर्को जी तपाईको : समय अझै छ आश अझै छ, तैपनि एउटा लाश बने । फर्केर आउ हात समाउ, तिम्रो नाम नै मेरो सास बने । खुब मन पर्‍यो तर तल र माथिका काफिया हरु अलि गडबड भएका हुन की ? (म आफै यो धागोमा शिकारु भएकोले मैले नबुझेको पनि हुनसक्छ) नेपाली जनता ! आंशिक रुपमा तपाईसंग सहमत छु तर अहिले नै हतास भई हाल्ने बेला भएको छैन की ?
Read Full Discussion Thread for this article