Posted by: Gautam B. May 6, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
धन्यवाद गुरुहरुलाई। शिरिषजी, काफियामा अबश्य पनि ध्यान दिने कोशिश गर्नेछु। हतारमा लेखिहाल्ने र पछि सच्याउन जाँगर नचल्ने बानी छ मेरो, अलि जाँगरिलो बन्नैपर्ला। भउतेजी, सपनाहरु अधूरै रहेर आएको शान्ति मूर्दा शान्ति हो र त्यस्तो शान्ति स्विकार्य हुन सक्दैन भन्ने भावलाई पेश गर्न ती शब्दहरु ऊचित लागेर प्रयोग गरेको हुँ। सुझावको लागि धन्यवाद। होश पु-याउने छु। र अन्त्यमा, दिलिप दाइलाई मेरो पनि स्वागत हाम्रो जमघटमा। अरु सहयात्रीहरुमा एउटा सानो जानकारी पेश गरिहालौँ, दिलिपजीसंग मेरो लामो र अत्यन्त आत्मीय चिनाजानी छ। उहाँका मुक्तक र लघुकथाहरुको त म "फ्यान" नै हुँ। उहाँले आफ्नो लेखनीको पेटारो साझामा अझ बढी खोल्नुहुनेछ भन्ने आशा छ।
Read Full Discussion Thread for this article