Posted by: Nepe May 6, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
शिरीष, मेरो विचार भौतेजीकोसंग समान छ । अलि संकुचित विम्बलाई असंकुचित बनाउनु नै पर्याप्त हुने थियो । पाकिस्तानी प्रगतिशिल शायर स्व. फैज अहमद फैज प्रचुर मात्रामा "महबुब" शब्द प्रयोग गर्छन् । तर यो अक्सर "देश", "जनता", "साथी", "सपना" आदिको अर्थमा प्रयोग भएको छ । (बाई द वे, मैले पनि त्यसैको अनुकरण गरेको छु, पछिल्ला समयहरुमा ) परम्परागत रुमानी विम्बहरुलाई फराकिलो अर्थमा प्रयोग गर्ने अभ्यास प्रिय लाग्छ मलाई । मीठासमा मीठास, अर्थमा व्यापकता, अरु के चाहियो ? एनि वे, पछिल्लो संस्करणको यो शेर अदभूत छ, भलै नियत होस् पछि फेरि छुट्टिने तर अहिले सशक्त जोर बन्न सक्छु ! यसमा प्रोटागोनिस्टको जुन ईमान्दार र स्पष्ट कथन छ त्यो र सबभन्दा बढी चाहि "भोली" र "आज" लाई dispassionately पृथक गर्न सक्ने बौद्धिक चेतना, यी दुई कुराहरुले यो शेरलाई अदभूत बनाएको छ । __
Read Full Discussion Thread for this article