Posted by: shirish May 1, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
प्रहारहरू सहेर कठोर बन्न सक्छु ! कोमल ओठ छोई कमजोर बन्न सक्छु ! सके लुकाऊ है यौबनका प्रमाणहरु, मौका मिल्ने बित्तिकै चोर बन्न सक्छु ! फलामै भैसकें या आकारको उग्र आशा, पोलिदा अझ हर्षले बिभोर बन्न सक्छु ! पछिल्ला क्रिडाका दागहरु सफा नगर्दै, एकै क्षणमा अरु फोहोर बन्न सक्छु !
Read Full Discussion Thread for this article