Posted by: Gautam B. March 31, 2006
Chautari - XII
Login in to Rate this Post:     0       ?        
ए राता मकै! चौतारी त झन झन रमाईलो पो हुँदैछ गाँठे! गामका केटा विदेश ग'र पढे भने हाम्ले पनि दुई चार कुरा देख्न पाईने रैछ। अस्ति हुँदी स्याना कान्छाले भेडियो देखा'को थियो। फेरि हिजो हितेले दौड्या दौड्यै गर्नी क्या काईताका फुटा टाँसेछ चौतारीमा, चौतारीनै फनफनी। हेर्दा हेर्दै आँखा पोलेर आयो। हाम्रा जिम्मालले मात्रै चौतारी फनफनी घुमेको देख्थे, त्यो पनि सिरेले बनाको माल खाएपछि मात्तै। हिते अम्रिका जानाले हाम्ले पनि देख्यौँ तेस्तो, त्यो पनि माल नखाईकनै। केटो पहिल्यै देखि तगडै हो क्या! केहि गर्छ के रे यल्ले! बरु ए हिते, अर्को चोटि चौतारीलाई फनफनी पार्दा हाम्लाई चश्माको बेबस्ता पनि गर्दे न भाई। ******** बब दाई नमस्कार छ है। गाँजा खा'कालाई हेप्छन् भनेर डराम्नु पर्दैन। जिम्माल र काकाले थाहा पाएपछि तिम्लाई पूजै गर्छन्, बरु अलिकति नया गाँजा ले'र गईहाल भेट्न। सिरे केटो पनि गाँजाको पारखी हो के रे, अचेल गाम्मा छैन, केन डाँडामा पाम्ने सप्पै थरी गाँजा चाख्नु परो भनेर हिनेको छ रे, अब एक वर्ष जतिमा फर्केर आईपुग्छ कि! ********* यी भउते काजी पनि, केटी देखो कि जिस्काम्छन्, के को रोजी र छाडी हो यीनलाई? हिजो नेपाली जोगीको कुटीमा मेरो खेदो ग-या सुन्या थें। मैले पनि केहि बोलेँ भने त हात हालाहालै होला र गामकै बेईज्जत होला भनेर चूप लागेर हिने। तेस्सै रिसाउँछन् यीनी कहिलेकाहीँ, औँसी-पूर्ने लाग्ने र'च कि कुन्नि!
Read Full Discussion Thread for this article