Posted by: nepesahila March 26, 2006
Chautari - XII
Login in to Rate this Post:     0       ?        
लौ नच्याको धेरै ट्याम भा'थ्यो चौताराँ। चरिनङ्रे नानी (charinangre=nails), तलगाँउकि केटि, शिखर सबैलै स्वागत। बाँकि सबैलै नमस्कार। रोल नंबरको कुरो भैरारे' छ। मेरो चै अलि अचम्मको भको थ्यो, ७ कक्षामा ७, ८ कक्षामा ८, ९ कक्षामा ९ अनि १० कक्षामा १०। रिपोट काटमा नंबर घट्या घट्यै, रोल नंबर चैं बड्या बड्यै। जिम्मालको प्रौढ शिक्षाको कुरोले मलाई नी एउटा याद आयो। मैले पढाको थें हाम्रा गामका बुढी आमैहरुलै। सुरुमा त सजिलै सिके। तर जव शब्दहरु जस्तै कलम, गुलाफ, गमला, पढ्न सिकौंदा त हैरानै भइयो। "गुलाफ" लेखेको देखाएर, 'ल यो पढ्नोस त' भनेको, 'गुउउउउउउ' मै अड्केको अड्क्यै गर्थे, कोहि कोहि त बिचको अक्षेरसम्मन पुगेर अड्किदिन्थे, झन लाजै मर्दो। 'भिमसेन' लेखेको बल्लबल्ल पढ्थे, एकछिन पछि त भिमसेन 'भिउसिन' भैसक्या हुन्थ्यो। तर जे होस् पढ्न लेख्न शुन्य हरुले पनि पछि पत्रिका पढ्न सक्ने भ'का थे।
Read Full Discussion Thread for this article