Posted by: Birkhe_Maila March 26, 2006
Login in to Rate this Post:
0
?
प्रौढ शिक्षा कार्यक्रम -
"रोल लम्बर एक बिर्खे माईलाSSSS"
बिर्खै - "हाजीर माष्टरनी नानीSSSS" :)
यहि प्रसंगमा एऊटा कुरा याद आयो कति सम्म सत्य हो मलाई थाहा छैन।
नेपालको एक दुर्गम जिल्ला, रसुवामा तामाङ्ग जातिको बाहुल्यता छ साक्षरता प्रतिशत धेरै कम छ। झनै रसुवाको उत्तरतिर तिब्बतको सिमानामा पर्ने गाउँहरुमा त साक्षरता शुन्य प्राय छ।
यस्तै एउटा गाऊँको घटना मैले सुनेको थिएँ।
एकजना माष्टरलाई त्यहाँको एक प्राथामिक पाठशालामा पढाउने जागिर मिलेको रहेछ र त्यहाँ जम्मा ३ जना केटाकेटि मात्र पढ्ने रहेछन्। ति पनि कहिलेकाहिँ मात्र आउने। एकदिन त एउटा बच्चाको बाबु पाठशाला आएछ।
माष्टर - " खै त दाजू तपाईँको छोरा? आज स्कुल आएन नि?
बच्चाको बाबु - " सर आज चौँरिलाई ओखति किन्न छोरोलाई बजार पठाएँ उसको सट्टामा म आएको"
यस्तो छ हाम्रो केहि दुर्गम स्थानको स्थिति! अझै पनि कयौँ नेपाली बाबुआमाले पाठशाला जानुलाई पनि मेलापात गएको जस्तो एउटाको सट्टामा अर्कोले गरिदिए हुन्छ भन्ठान्छन! शिक्षाको चेतना कहिले पुग्ने हाम्रो गाउँ गाउँमा?