Posted by: Bhaute March 23, 2006
Chautari - XII
Login in to Rate this Post:     0       ?        
बिर्खे जिम्माल, जति नि तरुनी पाइन्छन भनेर मयाँ पिरेम बसेकीलाई चट्टै छोड्न कहाँ सकिन्छ त नि। मुइले त त्यै जुरेलीलाई नै नछोड्नी। पानी मुनि गए नि छोड्दिन, राम राम् ल। हेरम कति लुकाएर राख्न सउदा रे'छन पुन्टेदाइले। उता बाटुली भाउजु हुँदै हुनुहुन्छ, फेरि धोबिनी पनि पुन्टेदाइकै। साली पनि उनैले राख्नी भनेर पाखुरा मिच्छन। मेखे सक्रातीमा हाटमा स्वास्नी-पसल खोलेर बस्नि रचन कि कुन्नि। :-) काका सअँ त पानी बारेर बसम जस्तो भै'च। अस्तिनै एउटी झ्याउँकिरी खोज्देउन त, तिम्रै भतिज हुँ के रे, भनेको। कहाँ कहाँका छँडुलीका हनुमान कट्टु ला'का फुटा देखाए। जिउ पनि ३ बिस हिउँद-बर्खा खा'को चिलाउनेको दलिन जस्तै पसाङ्गिएको, त्यसमाथि गोमन साँप झै बटारिएर खिचेका फुटा देखाए के रे। त्याँसि काका सअँ केटीका कुरा अर्न छाडेँ मैले त। अब हजुर र नेपे दाजीले मिलेर नै खोजिदिने हो भुने त सोँच्नै परो। फेरि जुरेलीलाई के अर्नी हो? धोखा दिनु पनि भे'न। :p डल्ली भान्जीलाई माइजु खोज्दै छु, चिन्ता नअर। यो पाली दशैँ मा भान्जीहरुलाई भाँडा माझ्न नपारम भुने को , खै के हुन्छ। अनि यी पुछार-घरे नेपालका छोरा लाई त मैले तादि नै गायत्री मन्तर सुनाको हो के रे, त्यसैले मलाई गुरु, गुरु भन्छन। :-) हिजा'ज मन्तर सम्झ्याछन कि बिर्से कुन्नि। हुन त आफैले बिर्सिसकेँ। नानाभाँति खाँदै हिन्नु पर्छ, मन्तर सन्तर बिर्सेकै जाती। :-) स्यान्कान्छाले बजारा'ट ल्याको भेँडियो देखाएछ के रे, भर्खर बना'को चौतारी कसो भत्केन छ। माटो राम्रो सँअ जमेकै छैन। चौतारो नि माउबादीले नारा लेखेको ढुँङ्गाले बनाएछ के रे, रातै छ। :-) -भउते
Read Full Discussion Thread for this article