Posted by: Gautam B. March 21, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
केहि समय भएछ यता नपसेको। गुरुहरुका नया गजलहरु एक से एक थपिईसकेछन्। शिरिष गुरुको अघिल्लो गजलको यो शेर साह्रै सटीक लाग्यो। ...ठम्याउन गारो भो, को दाता को उपासक ? भक्तको प्रतिद्वन्दि त बिनायक भएछ... पछिल्लो गजललाई बुझ्न सकिन कि जस्तो लाग्छ। शेरहरु बीचको संबन्ध मरिगए ठम्याउन सकिन! ************************************ सुरेनजी, शिरिषजीले भनेजस्तै तपाईँको गजलको भाव राम्रो छ, तर कला पक्ष अलिक कमजोर भएको हो कि! अलिक बढीनै नारावादी जस्तो लाग्यो। ************ बिर्खे माईलाजी, तपाईँको प्रवाह गजलमा पनि यति सशक्त देख्दा ईर्ष्या पो लाग्छ मलाई त! ....खोले पानी खाएर झन् जोश ऊठ्दो रेछ सधैँ मुख थुन्दा त झन् बोलि फुट्दो रेछ।.... दामी छ।(हुनत जोश उठ्छ भनेर सधैँ खोले पानीमै चित्त बुझाउनु पनि ठीक नहोला रे क्या!) ....मक्किएको जिर्ण घरलाई माकुराले छोप्दा जाल फाल्न अनायाशै यो हात बढ्दो रेछ! .... यो शेरमा "मक्किएको जीर्ण घर" कुन अर्थमा हो? आफ्नै घरको अर्थमा हो भने त माकुराको जालो पन्छाएर सफा गर्नु उचित होला, तर पुरानो सामजिक/राजनीतिक/आर्थिक संरचनाको अर्थमा हो भने त माकुराको जालो पन्छाउने दु:ख किन गर्नु पर्ला र? त्यो घरै भत्काउने तिर पो लाग्नु पर्ने हो कि?
Read Full Discussion Thread for this article