Posted by: Birkhe_Maila March 5, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
सुरेन्द्र जी, म पनि सिकारु हुँ नियम मिले नमिलेको त्यति ठम्म्याउँदि तर तपाईँको भावना गजब को छ! एऊटा मेरो पनि त्यस्तै त्यस्तै राख्दै छु, भर्खर सकेको गुरुहरुको समालोचनाको स्वागतार्थ प्रस्तुत गर्दैछु। गजल- खोले पानी खाएर झन् जोश ऊठ्दो रेछ सधैँ मुख थुन्दा त झन् बोलि फुट्दो रेछ। मक्किएको जिर्ण घरलाई माकुराले छोप्दा जाल फाल्न अनायाशै यो हात बढ्दो रेछ! बन्दूकको इशारामा चल्न बाध्य हुँदाखेरि चिसो यो रगतमा नि ऊबाल आउँदो रेछ! भारि बोक्दै चुहाएको पसिनाको भातले सत्ययूगको रक्सिको त्यो बोतल फोर्दो रेछ! आँखामा पट्टी बाँधि ऊखालिएको नङ्गले देशमा लाग्ने पुरानो यो ढुसी कोपर्दो रेछ।
Read Full Discussion Thread for this article