Posted by: shirish March 2, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
बास्तबमा अरु नै के के लख्दै थिए यस्तो पो भएछ ! जे नगर्नु पर्ने त्यै गर्न आसक भएछ आफ्नै कर्म , पतनको कारक भएछ तीब्र क्षतिले ज्यानै खतरामा पर्दा पनि जोखीम महसुस नगर्नु घातक भएछ कि निख्खर कालो या स्पष्ट सेतो देख्नु आखांमा बास खरानीलाई पाएक भएछ प्वांख नपलाउदै गुंड छाड्छु भन्नेलाई आंधीसित उडाई माग्नु बिदारक भएछ ठम्याउन गारो भो, को दाता को उपासक ? भक्तको प्रतिद्वन्दि त बिनायक भएछ छिद्र समेत खुलासा गरेको मेरो चित्र जो सुकैको बर्णनमा भयानक भएछ खासमा ओरिजनली यस्तो लेख्न खोज्या थिएं तर ध्यान दिन छाडि दिएं जे नहुनु थियो अचानक हुंदा पनि दुख्न नसक्नु पो पीडा दायक भयो रहर कि कालो हुनु या स्पष्ट सेतो खरानीलाई यो छाती पायक भयो गुंड छाडी जान्छु भन्ने चरीलाई आंधी बेरि आउनु सहायक भयो नियम कानून तोडे ज-जस्ले पदबी उनैको बिधायक भयो भक्त-जन गरीब भए केही नचढाउने पूजा किन्दिने त्यै बिनायक भयो
Read Full Discussion Thread for this article