Posted by: Birkhe_Maila February 16, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
धन्यवाद् शिरीष गुरु! ******सड्छु, लड्छु ईत्यादीले म (प्रथम पुरुष) स्वयं बुझाउने हुनाले "म" को प्रयोग बढि भए झैं लाग्यो । नेपेले भन्ने गरे झै शब्दको किफायति गर्नु पर्ला जस्तो छ !***** *****सड्छु लड्छु ऊच्चारण गर्दा खेरि जति समय (लम्बाई) लाग्ने हो, हिंड्छु, ओड्छु ऊच्चारण गर्दा "इकार" "ओकार"ले बढि समय लिने हुन्छ र गेयात्मकता मा असर पर्न जान्छ *** गुरु यस्तो गहन सोच मेरो कहाँ!!! वास्तबमा नै "म" को प्रयोग अलि बढि भएको हो, परिमार्जन गर्छु। 'स्वर' ऊच्चारण गर्दै त गएको थिएँ एकपटक यो लेख्दा तर शब्द नै भेटिन मिल्दो त्यसैले बाध्य भएर हिंड्छु, ओड्छु प्रयोग गर्नु पर्यो। केहि दिनमा म यसलाई सकेसम्म मिलाएर पेश गर्ने छु। पुन: एक पटक धन्यवाद् छ! :)
Read Full Discussion Thread for this article