Posted by: shirish February 16, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
बा बा बिर्खेको बयान ...... एक दुईटा कुरा सड्छु, लड्छु ईत्यादीले म (प्रथम पुरुष) स्वयं बुझाउने हुनाले "म" को प्रयोग बढि भए झैं लाग्यो । नेपेले भन्ने गरे झै शब्दको किफायति गर्नु पर्ला जस्तो छ ! तर त्यो "म" को प्रयोगले emphasis पनि गर्न त ग-या छ । मक्तामा पनि "म" प्रयोग गर्नु भए balance हुन्थ्यो कि? हुन त बहर मिलाउन नि गर्नु पर्ने हुन्छ दोहरिने "ड्छु" को शब्द समुह लाई ध्यान दिने हो भने सड्छु लड्छु ऊच्चारण गर्दा खेरि जति समय (लम्बाई) लाग्ने हो, हिंड्छु, ओड्छु ऊच्चारण गर्दा "इकार" "ओकार"ले बढि समय लिने हुन्छ र गेयात्मकता मा असर पर्न जान्छ ! मैले बुझे अनुसार "दोहरिने" शब्द समुहको immediate अगाडीको स्वर पनि अनुप्राश भए सुनमा सुगन्ध हुने थियो !
Read Full Discussion Thread for this article