Posted by: Birkhe_Maila February 9, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
हे हे हे एक्लो जी त्यस्तो केहि हैन :) भावनामा शर्वत अलि बढि गयो जस्तो लाग्यो मलाइ, अब होस गर्नु पर्ने भयो! ल मेरो लहडको अर्को उपज, गजलको रुपमा - गजल तिम्रो आफ्नो बन्न मैले आफैँलाई ढाँटेको छु रंग बिरङ्गी प्रेमका धागा धेरै बाटेको छु! मात तिम्रो सधैँ चढ्छ साथ भएपछि पिउँदा पिउँदा आज अलि बढि मातेको छु! निर्दोष प्रेमी भन्छौ होला तर लोग्नेमान्छे हुँ होस गर साऊने भेलमा जंघार काटेको छु! रात अझै बाँकि छ तिमी छिटो गईहाल कयौँ यौवन संग मैले इमान साटेको छु! मनको कुरा गर्दा गर्दै तन नै हावी भएपछि रूप र बैँश सबै तिम्रो लुट्न आँटेको छु!
Read Full Discussion Thread for this article