Posted by: shirish February 5, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
धन्यबाद भउते, नेपे, ईको, गुरुबा, बिर्खे मलाई त साझामा गजलप्रेमीहरुको बढ्दै गा’को जमात् देखेर दङ्ग लागेको छ ! हुन त अहिले नेपालमा गजलको बाढी आ’को छ रे ! कबितामा जस्तै competition छ रे गजलमा ! २०६० साल सम्ममा ८ दर्जन भन्दा बढि गजल संग्रह प्रकाशित भए रे ! गजलमा कलम चलाउनेको संख्या हजार नाघी सक्यो रे ! गजल पहिले जस्तो नबुझिने र प्रेममा मात्र आधारित नहुदा demand बढेको छ रे ! बिर्खे तपाईलाई चलेको लहड ले म दङग छु ! काफीयालाई गजलको मुटु भन्दा रहेछन् जानीफकारहरु । तपाईको काफीया प्रयोगमा EKG त के stethoscope पनि नपर्ने छ ! बेहर शिल्प भनिदो रहेछ । कसैलाई प्राक्रितिक रुपले आउला कसैलाई मिहेनत गर्नु पर्ला मलाई जस्तै । शास्त्रीय गजलको चिन्ता नगरम् अहिले । त्यसो त हाल नेपाली गजलको सम्सारमा स्बनिर्मीत गजलको प्रचलन हुंदा शास्त्रीय शास्त्रीय भनेर कराउनेहरुको कुरा थन्किएको छ रे ! Writing is an art not a chance, as those move easiest who knows how to dance. समयले त्यो पनि सम्पूर्ण बनाउला ! भाब: नेपाली जन जीबन सचित्र बर्णन छ तपाईको गजलमा ! गजल पढ्दै जांदा जे होस् चित्रहरु मानसपटलमा बन्दै गा’का थिए आफ से आफ ! एउटा preview, Valentine Day सम्ममा सकाउने बिचार छ ! गन्हाउने गल्लीबाट गुज्रेको देखे सबैले अबको ठेगाना सोधे तिम्रो दिल देखाउं नरम अनुभुति दिन सकिन्छ कसरी ? सर्बाङ्ग साटी आफैलाई छोएर सिकाउं ! (अरु नै थियो शब्दहरु: नेपे गुरुलाई मुसुमुसु नहसांउ भनेर बदलें) Gautam jee I think you will begin to appreciate Ghazals more as you face difficulties in writing one.
Read Full Discussion Thread for this article