Posted by: Nepe January 31, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
गौतमजी लेख्नुहुन्छ: कस्का लगि लेख्ने भन्ने कुरामा मेरो विचार राख्न मन लाग्यो। मलाई त सकेसम्म सरल भाषामा सकेसम्म सबैले बुझ्ने गरी लेख्नु पर्छ जस्तो लाग्छ। लेखनको सौन्दर्यने त्यहि हो जस्तो लाग्छ मलाई। फेरि सरल लेख्दैमा स्तरीयता नहुने भन्ने कुरा पनि भएन। डा. हरिराज भट्टराई (त्रि. वि. का पूर्व प्राध्यापक) ले अमेरिकावासी नेपाली कविहरुको समकालिन कविताहरुको एक संकलन सम्पादन गर्नु भएको छ । (यो अहिले मुद्रण भईरहेको छ र शिघ्र प्रकाशन हुँदैछ ) । यसमा कविता विधा बारे मेरो एक दुई शब्द पनि परेका छन् भन्ने सुनेको छु, सम्पादक महोदयबाट । आफु कविमा दरिए पनि आधुनिक कविताको बदख्वाँई गरेको छु मैले त्यहाँ । आधुनिक कविताले आम पाठकसंग संवाद गर्ने भाषा भेटिनसकेको दावी गरेको छु मैले र त्यसको प्रमाणको रुपमा चाहिं अहिले सम्म सर्वाधिक बिक्री हुने (best-seller) विधाहरु गैर-कविता नै भएको तथ्यलाई पेश गरेको छु । अर्को महत्वपूर्ण दावी के गरेको छु भने कविताको अलोकप्रियता विधागत कारणले भएको होईन । यसको पुष्टिको लागि मैले गीतहरुको लोकप्रियता र व्यावसायिक सफलताहरुलाई अघि सारेको छु । गीतहरुको लोकप्रियता र कविताहरुको अलोकप्रियताबाट सिक्नुपर्ने धेरै कुराहरु छन् समकालिन आधुनिक कविहरुले भन्ने मलाई लाग्छ । क्लिष्टता/सरलता, तरलता/सन्देश, भद्दापन/मितव्ययिता आदि पक्षहरु त्यसमा आउछन् जस्तो लाग्छ मलाई । त्यसैले गौतमजी र म समविचारका रहेछौं भन्नपरो ।
Read Full Discussion Thread for this article