Posted by: Nepe December 24, 2005
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
गजलको आधारभूत नियमहरु भंग नहुने सबै प्रकारको विविधता स्वत: स्वीकार्य हुनु प-यो, होईन र ? काफियाको अर्थ वैविध्य हुनु हुँदैन भन्ने नियम छैन । यदाकदा बहुअर्थको काफिया पनि देखेको भान छ मलाई । तर नेपालीमा नि:सन्देह देखेको थिईनँ । मतलामा दानी= charitable, kind को अर्थमा प्रयोग भएको मानें । अलिक awkward लाग्यो । तर अन्तिम दुई शेर त दामी छ र सललल्ल बग्ने पनि । मेरो उम्मेदबारीमा म आफ्नै बागी भएं रे ! मानें हजूर ! तिम्रो राजनिती खानदानी छ ! लक्ष मै परेको व्यंगवाण हो । तर निर्लज्जताको ढाल बोकेकाहरु संग कसको के लाग्ने ? बिदेशीएर पनि माया मा-या भए मरिजाम, प्रमाणमा तिम्रै सहि भएको राहदानी छ ! 'सहि' मा कर्मचारीको छवि आउँछ । त्यसको साटो 'छाप' राख्दा कसो होला ? मातृभूमिको छवि आउँछ जो ।
Read Full Discussion Thread for this article