Posted by: Ok July 7, 2005
Manju, Malai Maaf Gara Hai !
Login in to Rate this Post:     0       ?        
एलोनगाई२७ जी, तपाईँको उमेर २७ बर्षमात्रै हो र? म भन्दा तपाईँ अलिक सिनियर जस्तो लाग्छ, पुल्चोकमा। कि मैले बिराएँ? भउतेजी, Brick Laying मा त फुलमार्क नै ठोकियो नि होउ। *** मञ्जु, मलाई माफ गर है ! आत्मकथा - ओके खण्ड १७ हामी गाउँका तन्नेरी र केटाकेटी मिलेर प्रत्येक दशैँको सप्तमीका दिन देउरालीमा नाटक देखाउँथिउँ, टुकि बत्तिको उज्यालोमा। गाँउको अलिक पढेलेखेको र जान्ने सुन्ने भकोले त्यसबर्षको नाटकको सबै जिम्मा मलाई दिए। गाँउका प्राय:जसो मानिसहरु धर्ममा बिश्बास गर्ने भएकोले धार्मिक नाटकलाई नै सबैले मन पराउँथे। बितेका २/३ बर्षमा रामायण, राजा हरिश्चन्द्र र दुर्गा भवानी देखाईसकिउँ। ति नाटकहरुमा मैले कलाकारको रूपमा मात्र खेलेँ। यसपाली चाहीँ सबै काम मैले नै गर्नु पर्ने भो। कस्तो नाटक देखाउने भन्ने कुराको जिम्मा पनि मलाई नै दिईयो। "मञ्जु! यसपालीको दशैँमा नाटक देखाउने भनेर सबै कामको जिम्मा मलाई दिएका छन् गाउँका साथीहरुले। तर खै कस्तो नाटक देखाउने भनेर द्विबिधामा छु म त" स्कुलबाट सँगै फर्कँदा सबै साथिहरु छुटेपछि मैले मञ्जुसँग आफ्नो मनमा खेलिरहेको कुरालाई सेयर गरेँ। "दाई, नाटक!, मलाई त नाटक खुब मन पर्छ नि! अनि दाई कस्तो नाटक देखाउनु हुन्छ?" गालामा परेको सानो खाल्टोको चमकसँगै मञ्जुको जिज्ञासा हतारमै प्रकट भो। "त्यहि त सोचिरा म पनि। तिमी भन त कस्तो नाटक ठीक होला?"। "मलाई त के थाहा? तपाईँले लेख्नुस् न है! " उनले पनि मलाई नै जिम्मा दिईन्। मञ्जुसँगै घर पुग्दा नपुग्दै मञ्जुको हाउभाउसँग मेरो गाँउका दिदी बहिनीसँग अनयासै तुलना भयो। मनमनै गुनेँ, "सायद हाम्रो गाँउका दिदीबहिनीले पनि पढ्न पाउने हो भने त मञ्जु जस्तै हुन सक्थे होलान् नि। बिचाराहरु घाँस र दाउरा गर्दै ठीक छ। फेरी हाम्रो गाँउमा ठूलाबडाले गरेको थिचोमिचो पनि त नाटकको राम्रो कथा बस्तु बन्छ नि।" मेरो दिमागमा यिनै कुराहरुलाई समेटेर एउटा सामाजीक नाटक देखाउने बिचार आयो। १०।१५ दिन लगाएर एउटा सानो नाटक खेस्रा गरेँ "सत्यको विजय"। कथा पढेर मञ्जु त धेरै छक्क पर्थिन् र उनको मुखबाट धेरै पटक निस्कियो "यस्तो पनि हुन्छ र ओम दाई?"। कथाका पात्रहरुको काल्पनिक नाम दिएर गरिब करिब आफ्नै गाउँको परिबेश सुहाउँदो थियो नाटक। क्रमश:
Read Full Discussion Thread for this article