Posted by: Ok June 16, 2005
Manju, Malai Maaf Gara Hai !
Login in to Rate this Post:     0       ?        
(...बेलुका घरमा घनश्याम सरले सोध्नु भो "ओम! अब देखि तिमीलाई जे आवाश्यक पर्छ, अप्ठ्यारो नमानी मलाई भन है"। मैले पनि स्विकृतिमा टाउको हल्लाएँ।) मञ्जु, मलाई माफ गर है ! आत्मकथा - ओके खण्ड १५ मञ्जु र म प्राय: जसो सँगै हिड्थिउँ। स्कुल पनि सँगै जान्थेउँ, सबै घन्टी पढाई भका दिन सँगै फर्कन्थ्यौँ। तेहि स्कुलको गेटनेरको चौतारोमा पर्खन्थ्यौँ, एक अर्कालाई। हुँदाहुदाँ सँगै नभाको दिन, के के बिर्से जस्तो..., के के हराए जस्तो... लाग्थ्यो। खाना खान सँगै, घरमा पढ्न सँगै, हिड्न सँगै, खेल्न पनि सँगै। कहिले काँहि चाहिँ अलिक बढि नै जिद्दी पनि गर्थिन् मञ्जु पनि, कुनै कुनै कुरामा। यस्तो बच्चाको जस्तो अभिनय गर्थिन् कि उनलाई हाँस्न लगाउन मलाई निकै उटफटाङ जोक नै भन्नु पर्थ्यो। केटाकेटीपन न हो, म पनि कहिले काहिँ त झगडा गर्न खोज्थेँ। झट्ट आफैँलाई सम्हालेर आफूलाई आफ्नै ओहोदामा राख्थेँ र मञ्जुका कुराहरुमा सहस्र सहमति जनाउँथेँ। त्यो नै मेरो एकमात्र बिकल्प थियो। एकदिन मञ्जुको पेट मज्जाले दुखेछ। म रुखबाट घाँस झारेर आउँदा त आफ्नो खाटमा घोप्टो परेर पेट मिचिरहेकी रहिछिन्। "मेरो बुबा त सानोमा धामी हुनुहुन्थो रे खै त तिम्रो नारी छामेर के लागेछ भन्दिन्छु" भनेँ। उनले त साच्चै पत्याईछिन् । मैले उनको हात समाएर जिस्कने पाराले "ए तिमीलाई भाते रोग लागेछ, धेर भात खायो भने यस्तो हुन्छ" भनेको मात्र के थिएँ, उनको त रीसको पारो निकै चढेछ। नजिकै झ्यालको आग्लोले ट्वाङग टाउकामा हिर्काईन्। रगत बग्न थाल्यो। हत्त न पत्त कपास खोजेर ल्याईन् र मेरो घाउमा राख्दै मलिनो स्बरले भनिन् "ओम दाई, सरी ल! धेरै दुख्यो?"। "हैन, अलि अलि" जति नै दुखे पनि नदुखे जस्तो गरेँ । उनलाई मैले घनश्यामसरलाई पोल लगाउँछु र कुटाई खानु पर्छ भन्ने लागेको रहेछ। तर मैले कसैलाई केहि पनि भनिन, कारण मञ्जुका घरको कसैसंग पनि नराम्रो हुनु भनेको मेरो बिगतको यात्रामै फर्कनु थियो। । यस्ता घट्ना त कति भए कति... हाम्रा ति रमाईला दिनहरुमा, जस्को सम्झनाले आजका रातहरु पनि झिमिक्क नगरी कट्छन्। दिनहरु बित्दै गर्दा म पनि मञ्जुको घरमा बस्न बानी पर्दै गएँ। सबै अप्ठ्याराहरु हराउँदै गए। बिहान बेलुका काम सघाउँथे। मकैको थाङ्ग्रो हाल्ने, घान काटेर बिटा लगाको दिन धान बोक्न जाने, भिरमा गएर दाउरा बोकेर ल्याउने देखी लिएर रुखमा चढेर घाँस झार्ने काम गर्थेँ। "यो गर या यो नगर" भनेर त कसैले पनि भन्दैनथ्यो तर पनि आफुले देखेको काम गर्दा कसैले रोक्तैनथ्यो पनि। हर्केलाई रुखमा चढेर घाँस झार्न डर लाग्ने रहेछ। शुरुसुरुमा त मलाई सानो जस्तो लागेर होला घनश्यामसरले रुख नचढ भन्नु हुन्थ्यो, तर पछि पछि चाहिँ मैले सजिलै सकेको देखेर केहि पनि भन्नु भएन। बिस्तारै बिस्तारै म घनश्याम सरको घरमा यस्तरी घुलमिल भएँ कि बाहिरबाट आउनेले एकै परिबार भनेर भन्थे। कसै कसैले त मञ्जुको ममीलाई २ जना छोराछोरी पनि कस्तो बेग्ला बेग्लै अनुहारका भनेर सोध्थे रे! बेलुकाको खाना खाने बेलामा यस्ता कुराले हामी सबै कति धेरै हाँस्थेउँ। मञ्जुले त कति पटक भात सर्काएर आलसतालस पनि भएकी थिईन् त्यस्ता कुरा सुन्दा। क्रमश:
Read Full Discussion Thread for this article