Posted by: pundit June 15, 2005
Manju, Malai Maaf Gara Hai !
Login in to Rate this Post:     0       ?        
शनिबार आमाले २०० रुपियाँ रीन काढेर ल्याउनु भएछ, सहिछाप गरेर। पछि म ९ कक्षामा पढ्दा जिल्ला शिक्षा बिकास एकाई, खोटांगबाट सन्चालित अञ्चल स्तरिय विज्ञान, गणित र अंग्रेजी बिषयको प्रतियोगितामा प्रथम भई पाएको ५४० रुपियाँ पुरस्कारबाट नरबहादुर साहुको रीन तिर्न आमा र म सँगै जाँदा त २०० को पछाडि सानो अर्को शुन्ना थपेर २००० पो बनाएछ साहुले त। २००० लगेको थियो भनेर निकै रडाको मच्चायो सुरुमा त। तर मैले कागज हेरेर "यो शुन्ना त पछि थपेको जस्तो देखिन्छ" भने पछि "ल ल भैगो, ब्याजसहित २५० रुपिँया देओ र मसँग अब देखी रीन माग्न कहिले पनि नआओ" भनेर नरबहादुर साहु त कस्तरी झोक्कियो। त्यसदिन "छोरालाई अक्षर चिन्ने बनाएर राम्रो काम गरेँछु" भनेर आमा कति खुसि हुनु भा थियो। :) नेपाल टिलिभिजनले एउटा विज्ञापन बनाथ्यो नि यस्तै है ओम दाई ! एउटि भोटेनि महिला र उन्कि सानि हिस्सि परेकि छोरि को के त !! त्यहाँ बुढाले आँखा धर्मरायो भनेर ठग्न खोज्या के , हेहहेहेहेहेहेह ।।। बाँकि भागको आशामा ।।
Read Full Discussion Thread for this article