Posted by: Ok June 14, 2005
Manju, Malai Maaf Gara Hai !
Login in to Rate this Post:     0       ?        
शुक्रबार आफ्नै घर गएँ र आमालाई "आमा, आमा! मलाई जसरी भए पनि १ जोर कपडा नभै भएन फेर्नलाई। मलाई त यो दौरा लगाउन अप्ठ्यारो लाग्यो" भनेर गनगन गरेँ। हुनत घरको स्थितिको बारेमा म आफैँ पनि अनबिज्ञ चाहिँ थिईन तर पनि आमाले केहि उपाय निकाल्नु हुन्छ कि भन्ने आसा चाहिँ थियो। आमाले पनि मेरो समस्या त बुझ्नु भो, तर पनि उपाय केहि थिएन। "पख न त भोली म नरबहादुर साहुसँग कुरा गर्छु, १००/२०० रिन पो पत्याईहाल्छन् कि?" आमाले केहि आसा देखाउनु भो। शनिबार आमाले २०० रुपियाँ रीन काढेर ल्याउनु भएछ, सहिछाप गरेर। पछि म ९ कक्षामा पढ्दा जिल्ला शिक्षा बिकास एकाई, खोटांगबाट सन्चालित अञ्चल स्तरिय विज्ञान, गणित र अंग्रेजी बिषयको प्रतियोगितामा प्रथम भई पाएको ५४० रुपियाँ पुरस्कारबाट नरबहादुर साहुको रीन तिर्न आमा र म सँगै जाँदा त २०० को पछाडि सानो अर्को शुन्ना थपेर २००० पो बनाएछ साहुले त। २००० लगेको थियो भनेर निकै रडाको मच्चायो सुरुमा त। तर मैले कागज हेरेर "यो शुन्ना त पछि थपेको जस्तो देखिन्छ" भने पछि "ल ल भैगो, ब्याजसहित २५० रुपिँया देओ र मसँग अब देखी रीन माग्न कहिले पनि नआओ" भनेर नरबहादुर साहु त कस्तरी झोक्कियो। त्यसदिन "छोरालाई अक्षर चिन्ने बनाएर राम्रो काम गरेँछु" भनेर आमा कति खुसि हुनु भा थियो। बिहिबार रामपुरमा हाट लाग्थ्यो। हाटमा फिका निलो पोलिष्टरको सटको र गाढा निलो हाफपाईन्टको कपडा किनेर ल्याएँ। शनिबार आफ्नै घरमा दमै बोलाएर सिलाउन लगायौँ। अब त म पनि अरु बिद्यार्थी जस्तै राम्रो देखिएको थिएँ। २०४३ साल फागुन १२ गते शिक्षा दिबसका दिन भएको कार्यक्रममा एकजना भलादमीले आफ्नो छोरो ३ बर्ष पछि सात पास गरेर ८ कक्षा पुगेकोले छोराले पढेका किताब कुनै गरीबलाई दिने भनेर कुरा गरेछन् सरहरुसँग। पढाई शुरु भएको ३०/४० दिनसम्म सबैले किताब किनिसके होलान् भनेर कुरा भएछ। तै पनि कसैलाई चाहिएको छ कि भनेर मञ्चबाट सोधे । मैले हत न पत उठेर "मलाई" भन्दा त सब जना मुखा मुख गर्न थाले। सायद मसँग किताब नभको कुरा कसैले पनि अड्कल काटेको रहेनछ क्यारे। घनश्यामसर पनि मञ्चमै हुनुहुन्थो। डरले सरको अनुहार पनि नहेरी किताब बोकेर मञ्चबाट बाहिरिएँ। किताब पनि नयाँ नै रहेछन्। "बिचारा कहिले नि किताब पढ्दैन रैछ, अनि के पास होस्?" भन्ने लाग्यो। जे भए पनि मनमनै धेरै धन्यबाद दिँए। अब देखि मलाई यो किताब दिने मानिस कहिलै पनि फेल नहोस् भनेर कामना पनि गरेँ। बेलुका घरमा घनश्याम सरले सोध्नु भो "ओम! अब देखि तिमीलाई जे आवाश्यक पर्छ, अप्ठ्यारो नमानी मलाई भन है"। मैले पनि स्विकृतिमा टाउको हल्लाएँ। साझाल्यान्ड, ३१ जेष्ठ, २०६२
Read Full Discussion Thread for this article