Posted by: Ok June 14, 2005
Manju, Malai Maaf Gara Hai !
Login in to Rate this Post:     0       ?        
केदार जी, पढाईको ब्यस्तताले मैले तपाईँको पहिलो प्रतिकृयाको जबाफ दिन पाईन। तपाईँ मात्र नभएर यो धागोमा प्रतिकृया दिने अन्य मेरा प्रिय पाठकहरुको पनि जबाफ फर्काउन सकेको छैन। गएको १ महिना त म साझाबाट पुरै बाहिरिएको थिएँ, कारण थियो मेरो विद्याबारिधिको अन्तिम तयारी । जुन १० गते शुक्रबारका दिन मेरो शोधपत्रको अन्तिम प्रजेन्टेशन थियो । त्यसमा मैले सकुसल सफलता पनि पाएँ। काम त अलि अलि बाँकि नै छ, तर पनि थोरै भए पनि फुर्सद निकालेर साझामा मेरो कथालाई नियमितता दिन थालेको मात्र हो। समयमै तपाईँका प्रतिकृयाको जवाफ दिन पाईन भने पनि अन्यथा नलिनु होला। तपाईँहरुका प्रतिकृयाहरु त मेरा प्रेरणाका स्रोतहरु हुन् र मेरा भबिश्यका पथ-प्रदशकहरु पनि। नढाँटिकन भन्नु पर्दा तपाईँको दोस्रो प्रतिकृयाले चाहिँ मलाई निकै नै छक्क बनायो। हेर्नुस् केदार जी, मैले आजसम्म साहित्यिक लेखनको बारेमा कहिलै सोचिन र आजसम्म पनि सोचेको छैन । आफ्नो पढाई (ईञ्जिनियरिंग बिषय, जुन साहित्यबाट सयौँ कोष टाढा छ) सम्बन्धि पेपरहरु बाहेक मैले कहिलै पनि केहि लेखिन। हुन त म सानो छँदा मोदनाथ प्रश्रितको चोर नानी र प्रदिप नेपालको देउमाईको किनारमा पढ्दा म पनि भोलि पर्सि यस्तै उपन्यास लेख्छु भन्ने कुरा चाहिँ मनमा नलागेको थिएन। फ्रेबुअरी १ तारिकमा राजा ज्ञानेन्द्रले सम्पूर्ण देश नै आफ्नो मुठ्ठि भित्र राखेपछि मात्र म यो साझामा पसेको हुँ । संयोग नै मान्नु पर्छ, म साझामा पस्दा खेरी "कथा" नै साझाको मुख्य केन्द्र बिन्दु थियो। त्यसैको लहैलहैमा मलाई पनि कथाको रुपमा आफ्नै बिगत सम्पूर्ण साझाबासीहरुमा राख्न मन लागेर लेख्दै आएको हुँ। पढाईको ब्यस्तताबाट यसो १ घन्टा जति फुर्सद निकालेर लेख्नु र पेष्ट गर्नु बाहेक मैले त्यस्तो कुनै ठूलो योजना बनाएको छैन। फेरी कहिल्लै पनि कुनै साहित्य नपढ्ने र साहित्यको "स" पनि नजान्ने म जस्ताले प्रकाशन गरेर कतै नेपाली साहित्यमा विकृति आउने हो कि भन्ने डर पनि छ। हुन त तपाईँ जस्ता नेपाली साहित्यमा पारंगत साथीले मेरो कथालाई राम्रो भनिँदिँदा मलाई पनि धेरै खुसि लागेको छ। तपाईँको सुझाबलाई मनन् गरी भबिश्यमा यो कथालाई अझ परिष्कृत रूपमा परिवर्तन गर्न सकेँ र प्रकाशनको ईच्छा पनि जागो भने तपाईँलाई म अबश्य पनि सम्पर्क गर्नेछु। मलाई त प्रकाशन सम्बन्धि केहि पनि जानकारी नभएको र मेरो नजीक पासोको कोहि पनि साहित्यकारसँग परिचय नभएको हुँदा, तपाईहरुको बाटो नै मेरो एकमात्र बिकल्प हो। केदारजी, तपाईँको Ethics सम्बन्धि दिनु भएको सुझाबले मलाई झन् गम्भिर बनाएको छ। तपाईँलाई धेरै धेरै धन्यबाद। कसैको ब्यक्तिगत जीवनमा कुनै किसिमको पनि बाधा-ब्यबधान नआओस् भनेर मैले सकेसम्म कथाका पात्रहरुमा काल्पनिकता दिन खोजेको छु। केहि ठाँउका नाम र प्रकृतिको स्बरुपमा तथ्यकुराहरु सँग केहि मात्रामा मेल खाए पनि मैले मेरो कथालाई निकै नै साबधानी पुर्वक सार्बजानिक गरेको छु ताकी यस्ले कसैको ब्यक्तिगत जीवनमा अप्ठ्यारो नपारोस्। यदि प्रकाशन नै गर्ने विचार आयो भने सम्बन्धित ब्यक्तिहरुबाट पुर्ब स्विकृति अबस्यै लिने छु। फेरी १ पटक केदारजीलाई धन्यबाद दिँदै अझै अरु सुझाबहरुको प्रतिक्षामा छु। अहिलेलाई बिदा, ----- ओके
Read Full Discussion Thread for this article