Posted by: Ok June 12, 2005
Manju, Malai Maaf Gara Hai !
Login in to Rate this Post:     0       ?        
आजको बिहानीसँगै मेरो जीवनमा पनि परिवर्तन आउने आसा जागेको छ। एक दिन अघि सम्मको परिकल्पनाको सन्सार यथार्थ हुने जस्तो देखिएको छ, घनश्यामसरको सहयोगले। अब यथास्थितिलाई गौण बिश्लेषण गरी कर्म गर्दै जाने दृढ अठोटका साथ आजको सुर्योदयलाई पर्खिरहेछु। पक्कै पनि आजको बिहानी मेरो लागि मात्र बनेको हुनु पर्छ, मेरो लागि भनेर आएको हुनु पर्छ। भित्रभित्रै पुलंकित हुन्छु। झट्ट भोलिको अर्को पाटोमा पनि बिचार पु-याउँछु। मञ्जुको घरको बसाई दिर्घकालिन भएन भने त फेरी उहि त हो नि-फेरी पहिलेकै सन्सार। मन तेसै तेसै डराउँछ। तर पनि तेस्तो केहि नहोस् भन्ने कामना गर्छु। उज्यालो पनि हुँदै गयो। घरका अरु मानिसहरु पनि उठेछन् क्यारे, गुनगुन-गुनगुन गरेको सुनियो। म चाहिँ ओछ्यानमै पल्टिरहेँ र सोचिरहेँ। "ओम दाई ! उठ्ने बेला भएन?" मञ्जुले बिस्तारै ढोका ढक्ढकाईन् "मैले चिया ल्याकि छु"। हतार हतार उठेर झ्याल खोलेँ अनि ढोका खोल्न गएँ। मञ्जुले ल्याएको चिया समाएँ र झ्यालको छेउमा राखेँ। "हात-मुख धुने पानी पनि मैले सारेर तुलसीको मोठमा राखिदिएकि छु" मञ्जुले थपिन्। " ए, हुन्छ नि" म ओछ्यानमा कपडा मिलाउन लागेँ। मञ्जु आफ्नै कोठामा गईन्, उनको ग्लासको चिया लिएर। त्यसदिन बिहान मेरो र मञ्जुको घरका मानिसहरुसँग तेति धेरै गफगाफ भएनन्। सबै आ-आफ्नै काममा नै ब्यस्त थिए। ९ बजे पछि सबै मिलेर भात खायौँ र स्कुल जान तयार हुदैँ थियौँ, घनश्यामसरले एकपटक फेरी कुरा निकाल्नु भो "ओम, भरे घरमा गएर आमालाई सोध, अनि आमाले मान्नु भो भने भोलि देखिनै बस्न आउनु है यहाँ"। मैले सरको बोलि भुईँमा खस्न पनि नपाईकनै "हुन्छ सर" भनेँ। मञ्जु र म सँगै स्कुलतिर लागेऊ। साझाल्यान्ड, ३० जेष्ठ, २०६२
Read Full Discussion Thread for this article