Posted by: Ok May 13, 2005
Login in to Rate this Post:
0
?
धेरैबेरको गफगाफ पछि सरले 'ओम, त्यस्तो र छ तिम्रो घरमा पनि। पढाई राम्रो छ, तिम्रो। हाम्रै घरमा बसेर पढ न त। मञ्जुलाई पनि सिकाईदेउ। फेरी तिम्रो आमाले के भन्नु हुने हो?' भनेर हिँजो अस्ति मेरो अनुपस्थितिमा गरेको सल्लाहमा कुरा पु-याउनु भो। घनश्याम सरका यी कुरा सुनेर म त केहि बोल्न पनि सकिन। कस्तो कस्तो लागो, के भन्ने अब? सायद आजसम्मको जीवनमा मैले पाएको र सायदै भबिश्यमा पाउने सबभन्दा ठूलो सहयोगी बोली सुनेँ। म केहि पनि बोलिन। आँखामा हर्षका आँसु टिलपिल भरिए, झर्न चाहिँ दिन भित्रै लुकाएँ। म चुप लागेको देखेर होला मञ्जुको ममीले मञ्जुको पिठ्युँमा हार राख्दै भन्नु भो "यो मञ्जुले पनि धेरै कर गरी। गतहप्ता बाबुकी बहिनि रहिछिन् नि तारा, हो उनले बाबुको सबैकुरा सुनाई दिईछन्। घरमा आउँदा त कति पीर गरी। त्यो दिन त खाजा पनि खाईन। मसँग पनि नबोली आफ्नै पढ्ने कोठामा गएर बसि। बेलुका मञ्जुको बाबाले के भो मञ्जुलाई भनेर सोधेपछि पो सबै कुरा थाहा भो, बाबुको बारेमा। हाम्रो त यहि एउटी छोरी बाबु! राम्ररी पढाउन मन छ। फेरी बाबुको पनि खुप राम्रो छ रे पढाई। दुबैजना दाजु बहिनी भर राम्ररी पढ्दा हुन्छ नि, यहि बसेर!"। मञ्जुको ममीको कुरा सुनेर मैले "मलाई त यो कति ठूलो सहयोग हो। हजुरहरुको यो गुन मैले कदापी पनि भुल्ने छैन। तर पनि मैले अगिनै भनि सकेँ नि, हाम्रो घरमा केहि पनि छैन, खानेकुरा ल्याउन पनि सक्तिन। भाडा तिर्ने पैसा पनि छैन। राम्रा कपडा पनि छैनन् लाउने। फेरी हजुरहरुको ईज्जतमा दाग लाग्ला भन्ने डर छ।" भन्ने बितिक्कै सरले "हैन हैन तेसो हैन। तिमीले केहि पनि ल्याउनु पर्दैन। एकै परिबार भर बसौँला। एकपटक आमालाई सोध, अनि बस्ने बन्दोबस्त मिलाउँला" भन्नु भो। 'हुन्छ नि त भोली आमालाई सोधेर हजुरलाई भन्छु नि' भनेँ। मञ्जुको अनुहारमा अत्याधिक खुसिका रेखाहरु नाच्न थाले। मञ्जुको ममी पनि खुसि हुनु भो। सरको अनुहारमा चाहिँ तेति धेरै परिबर्तन भको मैले पाईन, सायद घरको सम्पूर्ण जिम्मेबारी बहन गर्नेलाई मात्र थाहा हुने रहेछ क्यारे समस्याहरु पनि।
मञ्जुले 'एउटा हिसाब सिकाई दिनु न!' भनिन्। जान्न त उनले पनि जान्दथिन् रे पछि थाहा पाएँ, तर पनि 'बुबा-ममीका अगाडि केहि पढे जस्तो गरेको देखायो भने मलाई उनकै घरमा बस्न बुबा-ममीले मान्नु हुन्छ' भनेर बहाना बनाएको रे। सबैजना सुत्न जानु भो, आफ्ना आफ्ना कोठामा। म पनि ओछ्यान् मा यसो ढल्किएँ। के निन्द्रा लागोस्? सोचाईका कुनै सिमा बाँकि रहेनन् । दुःख सोचेँ, सुख पनि सोचेँ। कालो बिगतको भूँवरीमा निसासिएँ, सुखद भबिश्यको कल्पनामा रमाएँ पनि। आमाका आँखाका आँसु सम्झिएँ, मञ्जुको अनुहारको खुसि पनि पढेँ। बुबाको बिछोडको दृष्य पनि आँखामा बिझाएँ, घनश्याम सरको अनुहारलाई पनि तेहि आँखामा अटाएँ। बहुसँख्यक भिडको सक्कली अनुहार सम्झेर आक्रोसको ज्बाला दन्कियो, एकादुई सज्जनको तस्बिरले आफैँलाई आभारी बनायो। सोचाईको मात्रा बढ्दै गयो "यो सन्सार सबै स्बार्थी र आफ्नो भलो मात्र खोज्नेहरुले भरिएको रहेनछ। गरीबहरुको रगत चुसेर थुपारेको अकुत सम्पतिबाट निस्केको रबाफले तिनै गरीबहरुको दरिद्रतामा खिसीका खित्का ओकल्नेहरुका भिडमा पनि घनश्याम सर जस्ता आफ्नै पसिनाले कमाएको सानो हिस्सा गरीबहरुको भलाईका लागि खर्चने मानिसहरु पनि रहेछन् यसै धर्तिमा। धन्य छ, यो मानब जीबनको सृष्टिकर्तालाई, जस्ले बहुसँख्यक दुष्टहरुको निर्माणमा खर्चिएको उस्को दिमागले एकादुएक सज्ज्जनलाई जन्माउने कष्ट पनि गरेछ"। सुत्दा सुत्दै हात छातिमाथि राखेर प्रण गरेँ "ओम! तैँले पाएको यो अवसरलाई राम्रोसँग सदुपयोग गरी आमाको आँखाबाट सदा सदाका लागि ति आँसुहरु बिदा गर्नु पर्छ। दिलोज्यानले भ्याए सम्म भाईबैनीहरुलाई कुनै पनि अबसर प्रदान गर्न चुक्नुहुन्न, बिषेश गरेर पढ्ने अबसर। घरश्याम सरको परिबारले लगाएको गुन सम्मानजनक रुपमा फिर्ता गर्नु पर्छ, तैंले।"
साझाल्यान्ड,
३० बैशाख, २०६२