Posted by: Nepe May 12, 2005
Join DC Rally..May 15..Nepe
Login in to Rate this Post:     0       ?        
दोधारेजी, म आयोजक होईन एउटा सहभागीको हैसियतले तपाईको अनुरोधहरुमाथि दुई संक्षिप्त टिप्पणी गरुँ है ? १. अमेरिका र नेपालको अन्तर के भने, अमेरिकी सेना we the people का प्रतिनिधीप्रति constitutionally जवाफदेही र वफादार छ, तर नेपाली सेना His own majesty प्रति extra-constitutionally वफादार छ । अहिले त झन् ठ्याम्मै राजाको private army भएको छ । Feb 1 का दिन राजाले सैनिक विद्रोह गरेका हुन् । हुन त दुई वर्ष अघिको असोजकाण्ड पनि सेनाको वफादारीकै आडमा गरेका हुन्, राजाले । त्यसैले support our troop भन्नमा किन्चित हिचकिचाहट हुन्छ । अब Human rights record को त कुरै नगरम । सेनाले माओवादीलाई खतम गर्न नसकेको र गर्न नसक्ने (सैनिक सहायता दिने अमेरिका र भारतको समेत यही ठम्म्याई छ) कारण नै जनताले support our troop नभनेर हो । जुन दिन नेपाली जनताले support our troop भन्छन्, त्यो दिन माओवादीहरु तासको घर झै गर्ल्याम गुर्लुम लड्नेछन्, शंकै छैन । त्यसैले नेपाली जनतालाई support our troop हृदय देखि नै भन्न वाध्य पर्ने वातावरण तयार गर्न पट्टि लागुम होला । २. म राजालाई ३ वर्ष हैन ५ वर्ष त्यो पनि फेरि फेरि नविकरण गरेर ५x३?=१५ वर्ष राज्य गर्न दिन तयार छु । कुरा के भने उसले हाम्रो जनादेश पाउनु पर्छ पहिले त्यसको लागि । जनादेश बेगर राज्य गर्न त ३ नानोसेकेण्ड पनि नाई । ३. बहुमत, बहुदल, विविधता जीवनका शास्वत सत्य हुन् । नेपाली प्रजातन्त्रको समस्या बहुमत होईन, बरु त्यसको अन्तिम निर्क्यौल गर्ने सम्पूर्णाधिकार जनतामा निहित नहुनु हो । राजालाई त्यो अधिकार सुम्पेर समस्या समाधान हुने होईन, बरु अझ चर्किन्छ । मुलुकमा के भईरहेको छ, देखिरहनु नै भएको छ । So, Power to the People Loyalty to the People Let the People Decide Nepe
Read Full Discussion Thread for this article