Posted by: dodhare May 12, 2005
Join DC Rally..May 15..Nepe
Login in to Rate this Post:     0       ?        
डी. सी. को ?याली आयोजकहरुले सिक्नु पर्ने र बुझ्नु पर्ने कुराहरु: नेपाली सेना तथा प्रहरीको मनोबल बढ्ने खालका प्लेकार्ड देखाउनु पर्छ। अमेरिकामा बसेसि यहांका जुनसुकै बिचार मान्ने मान्छेले पनि Support Our Troops भन्ने बम्पर स्टिकर टांसेको त सबैले अवस्य देखेको हुनु पर्छ। भोलि ब्यवस्था परिबर्तन भो भनेपनि सुरक्षाकर्मी त तिनै हुन। त्यसैले यो ?याली कसैको सेखि झार्नमा मात्र सीमित छैन भने हरेक देश भक्त नागरिकले सहि कामको थालनि गर्न चुक्नु हुन्न। अर्को कुरा भविश्यमा झूठो नै सावित किन नहोस तर राजाले देशको बिद्यमान समस्याको समाधान गर्न ३ वर्षको समय मागेका छन। कमसेकम त्यसबाट एउटा झिनो आशा गर्न सकिन्छ कि उसंग एउटा लक्ष छ, दृष्टि छ। जुनकुराको अभाव राजनैतिक पार्टीहरु र माओवादीमा छ। त्यसैले उनीहरुको संघर्ष पनि अनिस्चित कालका लागि छ। अब राजनैतिक पार्टीहरुले पनि एउटा समय रेखा कोर्नु पर्यो जुन सत्ता प्राप्तिको हैन तर समस्या समाधानको। प्रजातन्त्रमा आफ्नो आवाज उठाउन सबैको समान हक हुन्छ। राजाको समर्थनमा ?याली निकाल्नेहरुका आफ्नै कारणहरु थिए र अहिले बिरोधमा जुलुस निकाल्नेहरुका पनि धेरै बैधानिक कुराहरु होलान। एकले अर्काको खिल्लि नउडाईकन पनि ति आवाज सुनाउन सकिन्छ भन्ने मेरो अनुमान हो। जतिसुकै राजावादी भनेर सुगा रटाई गरे पनि एउटा निश्पक्ष सोचाई राख्ने मान्छेले दुबै पक्षका जायज कुरा बुझ्न सक्छ। राजाको समर्थनमा जेस मोहन श्रेष्ठ (आई. जी. पी. कृष्ण मोहन श्रेष्ठ का भाई) जस्ता माओवादी पीडितहरुको उपस्थिति थियो जसका दाजु भाउजुको निर्मम हत्या गरियो र चैनपुरको २ वटा घर बम हानेर ध्वस्त पारियो। कसैलाई सुजाता कोईरालाको प्रजातान्त्रिक हक महत्वपूर्ण छ भने कसैलाई बांच्न पाउने हक। बिरोधका निम्ति सब एकजुट भएर लड्ने परम्परा हाम्रो देशको राजनितिमा कुनै नौलो हैन। भागबण्डामा मात्र हो झगडा हुने। भोलि भागवण्डामा एकता सम्भब हुदैन भन्ने कुराको साक्षी त ?यालीका बहुपक्षिय समुह नै हुनेछन्। यतिसम्म कि देशको सम्बिधानको उल्था पनि सत्ता भित्र र बाहिर हुंदा फरक तरिकाले गरेको प्रजातन्त्रवादीबाट पाईयो। संसदको अन्तेष्ठि गर्ने पनि शेरबहादुर, सत्तामा रहदा प्रजातन्त्रको वकालत गर्ने पनि शेरबहादुर, चुनाव गराउन नसक्ने पनि शेरबहादुर, जनताका समस्या प्रति कानमा तेल हालेर बस्ने पनि शेरबहादुर र सत्ता बाहिरबाट संसदको पुन:स्थापना गर्न लड्ने योद्धा पनि शेरबहादुर। यस्तो खाले प्रजातन्त्रको परिभाषा कसैले पचाएनन् भने के अनौठो भो? त्यसैले एउटाको पुजा गर्न अर्काको घांटी सेर्ने प्रबृतिलाई टेवा नपु-याउं भन्ने मेरो सुझाव मात्र हो।
Read Full Discussion Thread for this article