Posted by: Ok May 8, 2005
Manju, Malai Maaf Gara Hai !
Login in to Rate this Post:     0       ?        
मः (अलिक ठूलो स्बरले) सञ्चै हुनुहुन्छ? भनेको नि। आमाः सञ्चै छु बा। यो बुढो उमेरमा रोग त लागि हाल्छन् नि बाबु। तर पनि १/२ गाँस खाँदैछु। राति निन्द्रा लाग्दैन बाबै, खाली तिमीहरुलाई मात्रै सम्झिन्छु। के गर्दै होलान्, के खाए होलान्, बा भोक भोकै परेकी भन्ने मात्रै सोच्छु बाबै। अनि यो बिहान खेरी चाहिँ चुस्स सुत्छु। अहिले पनि सुतिराखेकी थिएँ। मः अनि बहिनीले फोन गरी त बिराटनगरबाट? आमाः गरिन बाबै गरिन। म यो बुढीलाई फोन के गर्थि? ब्यापारी ज्बाईँ, पैसा छँ दै छ जति पनि। केहि पाउने भा पो गर्थे होलान्। म सुख्खा बुढिबाट के पाउँथे र गर्थे। मः भाई क्याम्पस जाँदै छ? आमाः खै गए झैँ गर्छ? पढ्छ कि पढ्दैन? खालि झगडा मात्र हुन्छ भन्छन् क्यामपसमा। जागिर खोज्छु भनेको २/३ बर्ष हुन लागो, अलिले सम्म पाको छैन। मः अनि आमा, आज माता तिर्थ औँसी आमाको मुख हेर्ने दिन। ४ बर्ष भै सको मुख हेर्न न पा पनि। यसो सम्झेर फोन गरेको नि। आमाः ल बाबु, भाग्यमानी भएस्। तेरो सधैँ भलो होस्। बैरीले आँखा नलाउन्। तेरो सधैँ राम्रो भको सुन्न पाउँ, अरु त खै के भनुँ? (सुँक्क सुँक्क गर्दै) अनि बाबु... मेरो नातिलाई कस्तो छ नि? आफुले त मुख देख्न पनि पा छैन। फोनमा बोल्दैन? यसो आबाज सुन्न पाए पनि म बुढिलाई सन्तोक नि बाबै। फेरी के के भाषा सिकायौ होला, मैले नबुझ्ने भाषा। मः ठूलो भैसको नि। खेल्ने स्कुल (Child Care भन्दा बुझ्नु हुन्न, के गर्नु?) जान्छ। तर बोल्न चाहिँ कम बोल्छ। स्कुलमा अंग्रेजी बोल्छ। घरमा चाहिँ कहिले नेपाली, कहिले अंग्रेजी। आमाः ल तेस्लाई गारो भो। धेरै भाषा भर बिचारा। एउटा मात्र सिकाओ है । मेरो नातिलाई गारो भो। अनि बुहारी? मः बुहारी Gym Center गाकि छन्? (मैले आमाले Gym Center भन्ने कुरा बुझ्नु हुन्न भन्ने कुरा नै बिचार पुर्याईनछु) आमाः काँ अरे, यति बिहानै काँ गाकि त? मः ए, कसरत गर्ने ठाँउ क्या। जिउलाई राम्रो बनाउने ठाँउ। अलिले त अमेरीकामा बेलुका छ, बिहान हैन। आमाः अनि राति राति, आईमाई मान्छे, एक्लै बाहिर जाँदा केहि हुन्न बाबु। मः केहि हुन्न आमा यहाँ त, सबै जना तेसै गर्छन्। आमाः खै बाबु, म त जान्दिन, के के हो के के आज भोली। हामीले तेस्तो कहिलै गरेनौ। आफूलाई कुटो कोदालो गर्दै ठीक भो। मः अनि अरु सब ठीक छ त आमा तेता तिर? आमाः ठिकै छ बाबु ?(लामो सास फेर्दै) पहाडको घर लड्न लागिरछ रे। यो वर्खा चाहिँ काट्दैन रे। तेस्लाई बनाउनु पा त हुन्थो नि। मलाई ब्या गरेर भित्र्याएको घर, कति माया छ नि। पल्लाघरे चँखे पनि भिरबाट लाडेर थला परेको छ रे। भस्मेली जेठो पनि गयो रे नआउने बाटामा। मेरा पालाका त सबै जसो गईसके अब भगबान् को काखमा। मः ए, बनाउँला नि आमा बिस्तारी त्यो घर (आमाको मन राख्न भनेको) आमाः खै कहिले आउँछस् र बनाउँछस्? मैले चाहिँ देख्न पाउँदिन होला बाबु। मः आमा समय सकिन लागो, म फोन राख्छु है। आमाः ल बा ल। नातिको राम्रो हेरचाह गर्नु। कहिले काहिँ यसो फोन गरे मलाई पनि मनको सन्तोक। मः गरिहाल्छु नि आमा। ल है त मैले फोन राखेँ। ******
Read Full Discussion Thread for this article