Posted by: Ok May 7, 2005
Manju, Malai Maaf Gara Hai !
Login in to Rate this Post:     0       ?        
Usasiali जी, तपाईँलाई झ्याउ लागेछ, सरी है। के गर्नु सबैजना एकै किसिमका काहाँ हुन्छन् र? फरक हुन्छन् सोचाईहरु, फरक हुन्छन् चाहनाहरु र फरकै हुन्छन् नि त बाताबरणहरु पनि। सबैका इच्छा अनुसारको एकल लेखन पनि त असंभब छ, हैन र? तेसैले त यो साझाका जन्म भको होला नि, सबैको कुरा सबैले लेख्न। अन्य सबै साथीहरुलाई कमेन्ट र हौसलाको लागी धन्यबाद दिदैं यो शनिबारको मध्येरातमा मेरो कथाको दशौँ भागः मञ्जु, मलाई माफ गर है ! आत्मकथा - ओके खण्ड १० घर पुगेँ। सबै धन्दापात्रा गरि सकेर सबै मिलेर ढिँडो खायौँ, गुन्द्रुकको झोलसंग। आमाले पुसमा आलुबारीको भित्तामा छरेको सागको क्या मीठो गुन्द्रुक बनाउनु भा थियो, जिब्रोमै झुन्डिने। सबै धन्दा सकेर सबैजना सुत्ने तर्खरमा लागे। म पनि अब सुत्नु परो भनेर गुन्द्रि ओच्छ्याएर अगेनाको छेउमा ढल्केँ। निन्द्रा लागेन। किताब थिएनन्, यसो हेर्नलाई। ताराको कुराले मलाई कस्तो कस्तो लागिरह्यो। नानाभाँति कल्पनाहरु मडारिए, मेरो मस्तिस्कमा। कहिले के सोच्छु, कहिले के। कहिले राम्रा कुरा खेल्छन्, कहिले नराम्रा। कहिले सुखद् भबिश्यको कल्पनामा डुब्छु त कहिले निष्पट्ट अँध्याराको। कहिले भबिश्य नै काल बनेर तेई बाँकि भको मेरो सानो परिवार पनि तहसनहस भएको संसारमा आफैंलाई छट्पटिरहेको पाँउछु त कहिले आसाका किरणहरुले नौलो बिहानीसँगै मेरो सानो सन्सारमा प्रवेश गर्दा खुशिले पुलंक्कित् हुन्छु। कहिले जीन्दगीदेखि नै दिक्क लागेर आउँछ, कहिले "मानिस कहिले पनि ठूलो जन्मिँदैन, उ त बढ्दै जाँदा आफ्नै काम कर्मले ठूलो हुने हो" भन्ने आमाको अर्तिलाई मनन् गरी सकेसम्म जीवनलाई उज्यालो तिर डो-याउने प्रण गर्छु। १२/१३ बर्षे मेरो मानसपटलमा घरको चिन्ता थियो, स्कुलको चिन्ता पनि थियो नै। "फेरी मञ्जु...!! यी मञ्जु मेरो दिमागमा किन आईरहन्छिन्? मैले यिनको के खाई देको न के लाई देको? बरु परिचय नै नभाको भा त हुन्थो नि बरु। खै तेत्रा बिधि केटीहरु छन् त रामपुरमा, तिनिहरूको त मलाई केहि मतलव छैन नि। मैले पनि हैन है फेरी उनले नै शुरु गरेको परिचय गर्न। यसमा मेरो दोष त केहि पनि छैन नि। भोलि के हुने हो त स्कुलमा? मञ्जुले मलाई देखिन् भने म कता भाग्ने होला? बरु भेटै नभैदे पनि हुने नि!" कल्पनै कल्पनामा म रुमलिन्छु। बनको बाघले खाओस् कि नखाओस् मलाई त मनको बाघले नै खाईसक्यो। बिहान उठेर पनि पहिले झस्स तेहि हिँजोको कुरा सम्झिएँ। "आहा! बरु सपना भा पनि त कति जाति हुन्थो नि।" मनमनै रमाएँ पनि। "तर....तर हिँजोको कुरा त विपना नै हो" मनमा फेरी चिसो पस्यो। "आ, जे सुकै होस्, मलाई के मतलव?" मन दरो पारेँ। बिहानका सबै काम सकेर सदा झैँ म पनि स्कुलतिर लागेँ। तर पनि के गर्नु? मनै न हो, सोचाई पुगिहाल्छ। मनै गह्रौँ बनाउदै स्कुल गएँ। तारा त्यो दिन स्कुल गईन। घरमा पूजा लाको रे, श्री स्बस्थानीको। ताराकी आमा र भाउजु देबैले लेको रे ब्रत। मेरो घरका सबैलाई प्रसाद खाने चुलै निम्तो थियो। बेलुका घर फर्कँदा प्रसाद खान पस्नु पर्ला भन्ने सोच्दै स्कुल गएँ। कतै मञ्जुले देख्छिन् कि भनेर उनको घर देख्ने बितिक्कै झसंग भएँ। म त उनिसँग साँच्चै नै पो भाग्न लागि सकेँ। स्कुल पुग्दा ढिलो भैसकेको रहेछ। सबैले बिहानको प्रार्थाना सकेर क्लासमा पसेर कक्षा गीत गाउँदै रहेछन्। म पनि खुसुक्क ७ कक्षामा पसेर अरुसँगै गाउन थालेँ। सरहरु आउनु भो र दिनभरी पढाई भो। यसैगरी बित्यो मेरो त्यो हप्ता। न त मञ्जुसँग नै जम्का भेट भो, न त गफगाफ नै। तारासँग पनि केहि भनिनन् रे मञ्जुले, यसो के-कस्तो छ भन्ने बाहेक। टाढा-टाढा चाहिँ अलि अलि देखेँ मैले पनि। न उनी मेरो नजिक आईन्, न म नै गएँ उनको नजिक। सोचेँ "मञ्जु अब मसँग बोल्दिनन्। किन बोल्नु त मसँग, के नै पाउँछिन् र मबाट, सबैकुराबाट बञ्चित् मानिसबाट? ठीकै छ नि, नबोलेर पो मेरो के बिग्रिन्छ र?"। क्रमशः
Read Full Discussion Thread for this article