Posted by: Ok May 5, 2005
Manju, Malai Maaf Gara Hai !
Login in to Rate this Post:     0       ?        
"मञ्जु पनि गईसकिन्?" मैले अनयासै बोलेँछु। "के हो दाजु, मञ्जु त खुब मन परिकी क्या हो तिमीलाई?" ताराले मलाई जिस्काई। "हँ! के भन्छे यो, तेस्तो कुरा पनि गर्ने, हिँड् जाउँ छिटो घर" मैले कुरा मोड्न खोजेँ। बिचारा तारा डराईछे क्या रे, चुप लागेर हिड्न थाली लुरुलुरु। केहि पर ओरालो लाग्ने ठाँउमा पुगेपछि तारालाई मैले नि सोधेँ "सबै बिषयको पढाई भयो त आज?" "भएन, तेस्रो घण्टीको सर आज बिरामी हुनु भा रे! आउनु भएन।" "अनि के गरेर बसिस् त पढाई नभाको बेलामा"। "अँ, मञ्जुसँग गफ गरेर बसेँ"। मैलाई के के गफ् भो भनेर सोध्न चाहिँ कति मन थियो, तर फेरी ताराले के भन्ने हो भनेर सोधिन। एकछिन् पछि बरु उसैले "दाजु, मञ्जु त राम्रो शिलस्वभाव भकी केटी रै छे जस्तो छ नि! म सँग पनि कस्तो गफ गरी! आज त हामीले सबै गफ गरेउँ नि। थाहा छ कस्का गफ् बढी भए?" ताराले नै गफ तिर कुरा मोडे पछि त म मख्ख। के गफ् भएछन् भनेर जान्न ईच्छुक थिएँ। "कस्का?" मैले भन्न खोज्नु अघि नै मेरो मुखबाट फुत्त निस्कियो। "तिम्रा नि! अरु कस्का हुन्थे" उस्ले भका कुरा गरी, नढाँटी। "मेरा?" म झसङ्ग भएँ। "के कुरा गरेउ ए तिमिहरुले मेरा?" मेरो खुल्दुली झन् बढ्यो। "मञ्जुले त खै के के, के के सोधिनि तिम्रो बारेमा" ताराले धेरै नै गफ भए जस्तो कुरा गरी। "हैन, के के सोधिन् हँ मञ्जुले मेरो बारेमा" मेरो कौतुहलता झन् बढो। "सप्पैई।" "के सप्पैई?" "तिम्रो घरमा को को छन् रे? घरको स्थिति कस्तो छ रे? अरु थुप्रै।" "अनि तैँले सबै कुरा भनिदिस् कि क्या हो?" मलाई ताराले कुरा बिगारी भन्ने लागि सक्यो। तेस्को बानी नै तेस्तै छ। "भन्दिएँ मैले त सबै कुरा" "राम राम! हरे शिब, मैले तँलाई झन् सबै कुरा भन्नु हुन्न भनेर हिँजो तेत्रोबिधि भनेको हैन! कस्ति रैछे यो तारा त? अब सब बर्बाद हुने भो। तँलाई त के...." मेरो रिसको पारोले १०० काटिसकेको थियो। "अनि भका कुरा गर्न के हुन्छ त? हिँजो मात्र मैले नैतिक शिक्षामा 'सधैँ सत्य बोल्नु पर्छ' भनेर पढेको। ताराले पढेको कुरा हुबहु ब्यबहारमा पनि लागू गर्न खोजी। "खुप होला नि! तेरो नैतिक शिक्षा अब बर्बाद हुने भो। अनि मञ्जुले के भनिन् त, तेस्ता सबै कुरा गर्दा?" मलाई मञ्जुको प्रतिकृया जान्न ईच्छा जागो। "अँ, मञ्जुले त कस्तो पीर गरि नि। झन्नै रोकि बिचारा! आँसु चाहिँ झर्न दिन, हतार हतार ओढ्नेले पुछि।" तारा पनि सिरियस् भई। "छोड् यी कुरा। हिँड अब खुरुखुरु।" मैले अरु कुरा नउक्काउने बिचार गरेँ। मनमनै सोचेँ "खै मञ्जु कस्ति केटी हुन्? सब कुरा स्कुलमा भनि दिएर मेरो बेईज्ज्यत पो हुने हो कि? कसैलाई नभने त म उनको नजरमा मात्र गिर्थेँ, सबैलाई भन्दै हिँडिन् भने चाहिँ, बर्बाद हुने भो। भोली कसरी मुख देखाउनु मञ्जुका अगाडि? सके घनश्याम सरलाई पनि भनिदिने हुन् कि?"। मेरो मन तेहि कुरामा नै डुलिरह्यो। त्यसपछि हामीले धेरै बोलेनौ। सदा झैँ तारालाई उस्को घर पुर्याएर म आफ्नो घरतिर लागेँ। साझाल्यान्ड, २२ बैशाख, २०६२
Read Full Discussion Thread for this article