Posted by: Nepe May 2, 2005
Join DC Rally..May 15..Nepe
Login in to Rate this Post:     0       ?        
झिल्का दाई, कुरो मनासिब गर्नु भो तपाईले । घुसखोरीतन्त्रको अन्त्य गर्ने -याली पो -याली । तर म के दावी गर्ने धृष्टता गरम भने, यो लोकतन्त्रपक्षी -याली त्यो घुसखोरीतन्त्र हटाउन सक्ने तन्त्र निर्माण गर्ने श्रृङ्खलाको पहिलो पाईला हो । तपाईलाई यो त बुझाईरहन पक्कै परोईन कि घुसखोरीतन्त्रको साँच्चीकै अन्त्य गर्न, सबभन्दा पहिले कानूनी राज स्थापना हुनुपर्छ । कानूनी राज भनेको ज्ञानेन्द्र, पारस सम्मलाई पनि टुपी समातेर अदालतमा ल्याउन सक्ने अदालत, कुनै मिथक बनेको पम्फादेवीको त्यस्तै मिथकिय बैंकको मिथकिय खातामा सम्पत्ति छ छैन समेत हेर्न सक्ने 'सम्पत्ती जाँचबुझ आयोग' जस्ता विधीविधाङ्गको कानूनी राज हो, त्यो भन्दा कम शक्ति भएको सुकेनाश लागेका अङ्गहरुको ख्यालख्यालराज होईन । अब त्यसको लागि श्री ५ महाराजधिराजको शाही कदमको समर्थन गर्नुपर्ने हो कि विरोध, आफ्नै मनोज्ञानले बुझी ल्याम् । अब शरमै नमानी बुझ पचाम्नी हो भने चै, मेरो भन्नु केई छैन है ।
Read Full Discussion Thread for this article