Posted by: Ok April 28, 2005
Manju, Malai Maaf Gara Hai !
Login in to Rate this Post:     0       ?        
केहि समयपछि नै आमा पनि आउनु भो। मलाई देखेर धेरै छक्क पर्नु भएन । "ए फर्केर आईस्, मिलेन है बस्न" मात्र भन्नु भो। सायद आमाले पहिले नै अड्कल काटिसक्नु भको थियो । मैले सबै बेलीबिस्तार लगाएँ । "अब खोला घटेपछि मात्र स्कुल जाने, बरु भाईबहिनीलाई चाहिँ दुबैलाई स्कुल पठाउने अहिलेलाई" भन्ने सल्लाह भो, हामी आमाछोराको। फेरी सरहरुले कक्षामा बस्न दिनेहुनकि नहुने हुन भन्ने पीर त छँदै थियो । सानिमाले दिएको पोको खोलेर हेरिउ । तेहाँ त १५ मुठी जति चामल रहेछन्। हाम्रो खेत थिएन धान फल्ने । आमाले खै काहाँ काहाँ बाट खोजेर ल्याउनु हुन्थो दशैं तिहारलाई चाहिँ । यसरी कसैकसैले दिएका चामलको चाहिँ खीर पकार खान्थेम्, दुध छँदै थियो घरमै । हाम्रो पनि भोली खीर खाने सल्लाह भो र म सख्खर माग्न ताराको घर गएँ। दिनहरु बित्दै गए । अब त आमाछोरा दुबैले बाँडि बाडिँ काम गरेपछि त सजीलै भो । आमाले पनि पालो पाउनु भो। म स्कुल नगाको पनि १ हप्ता बित्यो, २ हप्ता बित्यो, महिना बित्यो। दशैं पनि आउन लाग्यो। गएको चैतमा त मेरो पनि ब्रतबन्ध गरेको । पहिलो पटक सोह्रश्राद्द बुबाको श्राद्द पनि मैले नि गरें । आमा कति खुशि हुनु भो, आफ्नै छोरोले तर्पन दिँदा । यता म चाहिँ आज सरहरुले यो पाठ पढाए होलान् त्यो पाठ पढाए होलान् भन्दै बाख्रा हेर्न गाको बेलामा आफैं पढ्दै गएँ । उता स्कुलमा चाहिँ म किन स्कुल गईन भनेर हल्ला खल्ला भएछ। घनश्याम सरले म स्कुल नगाको कुरा हेडसरलाई सुनाउनु भएछ। हेडसरले पनि कारण बुझ्न कोसिस गर्नु भएछ। खोलाले छेको भनौ भने, भदौको पहिलो हप्ता स्कुल आको थियो भनेर सबैले बिरामी परो होला भनेर अनुमान लगाएछन् । घनश्याम सरको बिषय गणितमा मेरो अर्धबार्षिक परीक्षामा १०० मा १०० आएछ। तेस्तो राम्रो बिद्यार्थी किन स्कुल आएन भनेर घनश्याम सरलाई पनि पर्नु पीर परेछ। घरमा पनि कुरा गर्नु भएछ। "छोरी, शिबदुतिबाट आको एउटा राम्रो पढ्ने केटो थियो ६ कक्षामा, स्कुल नै आउन छोडो, किन होला त्यसले स्कुल छोडेको?" मञ्जुले केहि भनिनछिन्। बिचरी मञ्जुलाई के थाहा गरीबका घरका समस्याहरु। शिक्षित परिबारमा हुर्केकी १ मात्र छोरी। तरपनि पढाईमा तिक्ष्ण भकिले राम्रो पढ्ने भन्दा अलिक कान ठाडा पारेकि थिईन् रे। मलाई यी सब कुराहरु घनश्याम सरले करीव ४ बर्ष पछि म काठ्माण्डौ हिड्ने २ दिन अघि बिदा माग्न जाँदा बताउनु भको । तेतिखेर मञ्जु पनि त संगै थिई, सरको र मेरो सबै कुरा सुन्दै । कस्तो कस्तो हाउभाउ गरेकि थिई, अप्ठ्यारो लागे जस्तो । साझाल्यान्ड, १५ बैशाख, २०६२
Read Full Discussion Thread for this article