Posted by: Ok April 28, 2005
Manju, Malai Maaf Gara Hai !
Login in to Rate this Post:     0       ?        
दादा, सरुजी, "केटा मान्छेको त ढुङ्गाको पो हुन्छ त मुटु" भन्छन् नि, हजुरहरु किन निःशब्द हुनु भा नि? किन वाक्य नफुर्या नि? जे भे नि, मेरो कथा पढिदिनु हुन्छ तुरुन्तै, मलाई तेहि नि गौरव लाग्छ। फरगेट-मि?-नटज्युलाई धन्यबाद । तपाईँहरुका कमेन्टले नै मलाई लेख्न प्रेरणा दिन्छन्। कालो भालेजी, पुल्वोकको कहानी जोडिएपछि त तपाईँले मलाई चिन्न बेर लाउनु हुन्न, चिने पनि गुपचुप नै राखौँ है। रुईना बहिनी, "आईमाईको मन त कोमल हुन्छ, स-सानो कुराले पनि ठूलो चोट पुर्याउछ" भन्छन् नि, फेरी मेरो कथा पनि अलिक तेस्तै छ, के गर्नु । रायनजी, गाँउको जीवन दुखपूर्ण छ तर पनि गाँउको जस्तो निश्छलता, निष्कपट, निर्दोष भावना, माया र सामाजीक आत्मियता शहरी जीवनमा काहा पाईन्छ र? पण्डितजी, घाउ मेरो त निको भैसको, तपाईको पनि निको हुन्छ छिटै पीर नगर्नुस् । सिताराज्यु,मेरो कथा पढिदिनु भकोमा हृदयदेखिनै आभारी छु ।
Read Full Discussion Thread for this article