Posted by: Ok April 27, 2005
Manju, Malai Maaf Gara Hai !
Login in to Rate this Post:     0       ?        
हेडसरको सहायताले धेरै समस्या समधान भए पनि स-साना समस्याहरु त जीबितै थिए। अर्धबार्षिक परिक्षा पछि बर्खाभरी असार र साउन त स्कुल बिदा हुन्थ्यो। छिटै बर्खा लागेर पानी परेन भने त खोलाहरु पनि तेति बढ्दैनथे, अनि खोलाले नछेके पछि त घरै पुग्न पाईन्थो। तै अपर्झटमा त काम लागि हाल्छ कि भनेर मैले मोलुङ खोलामा पौडी खेल्न पनि सिकें। तर पनि बर्खाका उर्लिंदा खोलाको के भर, डरलाग्दा हुन्छन् चिताई नसक्नुका । फेरी ठूल्ठूला मुल्काहरु काट्नलाई बाँकटे हान्दा पनि हुत्त्याएर लैजाला भन्ने डर। एउटा छाँगाबाट झार्यो भने त सकिई गो नि । भदौ र असौजमा चाहिँ खोला तर्न असम्भब, उर्लेको भेलले बरिपरिका पुरै गाँउलाई नै थर्काउने। भदौ ४ गतेको बाल-दिवस पछि स्कुल खुल्थ्यो । भदौ र असोज २ महिना चाँही यसो कतै ओत लाग्न पाए, अरु समय चाहिँ रात?साँझ भए पनि घरै पुग्न सकिन्छ । मंसिरमा बार्षिक परिक्षा भए पछि फेरी माघ २ गते सम्म बिदा । आफ्नो भको यसो अलिअलि कमाई पनि घर बसेर नै भित्राउन पाईने। पौष १४ गते चाहिँ राजाको जन्मोत्सबमा रिजेल्ट हुने र स्कुल जानु पर्ने। यहि दिनको आसामा त बर्ष भरी दुःख गरेर पढिन्थ्यो नि । यो बर्ष मेरो भाग्यले साथ दियो । असारको पहिलो हप्ता नै अर्धबार्षिक परिक्षा हुने भो । परिक्षा भरी पानी पनि परेन र खोला पनि बढेनन्। राम्रैसँग परीक्षा दिएँ। परीक्षा पछि खेतिपाती लगायौं । हाम्रो त्यो ५ जनाको परिवारमा रमाईलो वाताबरण थियो । चिन्ता एउटा मात्र थियो, भदौ र असौजमा म काहाँ बसेर पढ्ने? २ महिना स्कुल जान पाईएन भने, धेरै पढाई छुट्ने । अनि त परीक्षा पनि राम्रो भएन भने त हेडसर ले फिः पनि मिनाहा नगरी दिने । त्यस पछि त मेरा र मेरी आमाका सबै आसाका त्यान्द्राहरु त चुडिईहाल्थे नि। आमाले एउटा आसा जगाईदिनु भो "कटुञ्जेमा मेरी कान्छी बहिनीको घर छ, त्याँ बस्न पाईस् भने त जलजले दोभानमा झोलुङ्गे पुल पनि छ, सबै खोलाहरु तर्नै पर्दैन। रामपुर पुग्न कति समय लाग्छ त्याँबाट?"। मलाई राम्रोसंग चाहिँ थाहा थिएन तर पनि भने "यहाँबाट जानु र कटुन्जेबाट जानु करीब करीब उस्तै होला"। "अरु केहि उपाय नलागे पनि त तेहा पनि त बस्नु परो नि, खै मान्छेकी मान्दिन फेरी । ज्बाईं अलिक रिसाहा छन् रे" आमाले समस्याको समधान खोज्ने कोशिस गर्नु भो । हामीले सल्लाहा गरेर त्यहिँ जाने निर्णय गरेउ । भदौ ४ गते मंगलबार बेलुका नै म आमाले दिएको २ माना घ्यु, १ पाथि बर्खे आलु, २ माना कोदाको पीठो, एउटा पुरानो कम्मल (बुबाका काममा आमालाई ओढ्न भनेर माबली हजुरआमाले पठाको), आफ्ना किताब र कपी, स्कुल जाँदा लाउने भेष्ट र कट्टु, घरमा बस्ता लाउने तेहि पुरानो दौरा लिएर सानिमा को घर गएँ । ४ घन्टा जति लाग्थ्यो सानिमाको घर पुग्न। १/२ फटक त पहिले पनि गईसकेको थिएँ । बाटो पनि राम्रैसंग चिन्थेँ। पुग्ने बितिक्कै आँगनमै सानिमाले सोध्नु भो "किन आईस् छोरा, के कस्तो छ, आमालाई?" । मैले सबै कुरा बताएँ । आमा, हजुरआमालाई पनि सन्चै छ भने । "सानिमा, २ महिनाका लागि तपाईँको घरमा बसेर स्कुल पढ्न रामपुर जाने गरि आको म त । आमाले पठाउनु भाको । दशैं पछि त खोला पनि घट्छन्, घरबाट नै स्कुल जान्छु।" भने । सानिमाले केहि पनि भन्नु भएन । घर भित्र पसेपछि मैले सानिमालाई दिनु भनेर आमाले दिएको २ माना घ्यु दिएँ । "यसो अलिकति आलु पनि छ, सानिमा तरकारी पकाउनु है" भनेर आफ्ना ब्यक्तिगत सामान जति झिकेर झोला नै सानिमालाई दिएँ । सानीमा त खुशि हुनु भो "हुन्छ नि बस् न त । तै पनि भरे तेरो सानाबा आए पछि १ पटक सोध्नु पर्छ" भन्नु भो । बेलुका सानाबा आएपछि सबैले बस्न दिने राजी भए । "बिहान बेलुका पनि काम गर्छ, बसोस् न त" भन्नु भो सानाबा ले पनि । शुक्रबार बेलुका चाहिँ घुमेर भा पनि आफ्नै घर आएँ । फेरि शनिबार बेलुका सानिमाकोमा गएँ, उस्तै अलिअलि सामान लिएर । घ्यु त घरमै थिएन, लगिन । आईतबार सधैंजस्तै स्कुल गएँ । तर बेलुका फर्कँदा त घरका कोहि पनि मानिस मसंग बोल्दैनन् । पछि सानिमाले खुसुक्क बोलाएर भन्नु भो "दिउसो तेरो बारेमा कुरा भा थियो । तैंले ल्याएको सामानले तँलाई खान पुग्दैन रे । गत हप्ता त घ्यु पनि ल्याएको थिईस्, यो हप्ता त त्यो पनि ल्याईनस् रे भनेर तँलाई यहाँ बस्न नदिनु भनेको छ तेरो सानाबाले। बज्यै (सासु) ले पनि हो मा हो थप्नु भो ।" तेसो भनिरहँदा सानिमाका आँखा पनि रसाएका थिए । मैले "सानिमा, आज त रात परि सक्यो, म काहाँ जाउ, यो राति? आज चाहिँ मलाई यहिँ बस्न दिनुस्, भोली देखि चाहिँ म आउदिन" भने । सानिमाले खै के कुरा गर्नु भो, सबैले मलाई बस्न दिने भए। रातभरी निन्द्रा लागेन । "अब भोलिबाट म के गर्ने होला? पहिले घर जान्छु। आमाले के भन्नु हुदो रहेछ? अनि तेहि अनुसार गर्नु पर्ला" सोच्ता सोच्दै र ओछ्यानमा छटपटिँदा छटपटिँदै बिहानी पख त कतिबेला भुसुक्कै निदाएँछु, थाहै पाईन। साझाल्यान्ड, १४ बैशाख, २०६२
Read Full Discussion Thread for this article