Posted by: Ok April 27, 2005
Manju, Malai Maaf Gara Hai !
Login in to Rate this Post:     0       ?        
दादा र सरुभक्त जी, अजुरहरुले सेतो बोर्डमा सेतै अक्षरले लेख्नु भो कि क्याहो? कि मेरो OS ले काम गर्न छोडो ? बुझ्नै सकिन बा ! मिरा जी, हजुरलाई दुखि बनाको मा सरि है, गिताको उपदेशचाहिँ मलाई खुब मन परो। पण्डितजी, नरुनुस् न भन्या, मैले त रुन छाडिसकेको थिएँ, यो साझाले कहिले काहिँ फेरि पुरानो घाउ बल्जाई दिन्छ क्या न्यु युजरलाई मेरो धेरै धन्यबाद । मैले पनि म आफुलाई भन्दा आमालाई चाहिँ बढि मान्छु । मेरो पी.एच.डी. को डेडिकेशन नै मेरी आमालाई । निर्माण ब्रो, धन्यबाद है । गालाबजी, तपाईँको कुरा म बुझ्छु र तेहि अनुसार गर्ने छु। तपाईँको गाथा पनि पढ्न पाउने आसा छ है। नेपाली फिलोसोफरजी, सकेसम्म कथालाई जस्ताको तस्तै उतार्ने छु, केहि पात्र र ठाउ बाहेक। तर मञ्जुको नाम चाहिँ कदापि परिबर्तन गर्ने छैन । रुईना बुईनी, खै म के भनौँ अब, हजुरको मन दुख्यो, म पनि दुखी छु। हर्केदाई, थ्याङ्किउ है । मञ्जुजी, नाम एउटै भए पनि मन, मुटु, हृदय र भावना एकै किसिमको हुदोरहेनछ । हजुरको लेखाईमा मेरि मञ्जुको केहि पनि छेकछन्द पाउन सकिन । कथा पढिदिनु भको मा र मञ्जु बन्ने कोशिष गर्नु भको मा मुरि मुरि धन्यबाद । मञ्जुको त नामैले मात्र पनि मलाई केहि शितलताको अनुभुति दिन्छ । यु-डेजी लाई पनि धन्यबाद
Read Full Discussion Thread for this article