Posted by: Ok April 25, 2005
Manju, Malai Maaf Gara Hai !
Login in to Rate this Post:     0       ?        
सबै कमेन्टेटरलाई धन्यबाद दिँदै, मञ्जु, मलाई माफ गर है ! आत्मकथा - ओके खण्ड ४ स्कुलमा पहिलो दिन त्यति धेरै पढाई भएन। जम्मा ३ जना मात्र सर क्लासमा आउनु भयो। सबै सरहरुले आफ्नो बिषय बस्तुको कुरा गर्नु अघि हेडसरले पठाएको सूचना भनेर एउटा कागज गोजीबाट निकालेर सुनाउनु हुन्थ्यो "अरु स्कुलबाट आउने नयाँ बिद्यार्थीले सकेसम्म छिटो भर्ना गर्नु । यो हप्ता शुक्रबार भित्र भर्ना नगर्नेलाई अर्को हप्ता देखि क्लासमा पस्न दिईने छैन ।" त्यतिखेर कक्षा ६ मा मासिक रु ८ तिर्नु पर्थ्यो । भर्ना फिस र अन्ने के के जाति फिस भनेर एकमुष्ट २५ रुपयाँ गरि जम्मा १ बर्षको १ सय २१ रुपैंया लाग्थ्यो । किताब चाहिँ १५।२० रुपैंयामा सेकेन्ड ह्यान्ड सजीलै पाईन्थ्यो। जति पटक त्यस्ता सूचना सरहरु सुनाउँथे, त्यति नै पटक मेरो मुटुको ढुकढुकी बढ्दै जान्थ्यो। कहिले कुन दिन मलाई क्लासबाट निकाल्ने हुन र म स्कुल कहिल्यै आउन नपाउने होला भनेर मनै कुटुक्क हुन्थ्यो। भित्र-भित्रै छटपटी हुन्थ्यो। म काहाँ जाउँ? कस्लाई भनौ? मेरो ब्यथा कस्ले बुझिदिने? कहिले काहिँ त दोबाटोमा गएर बेस्सरी चिच्याउँ जस्तो पनि लाग्थ्यो। सबैले सुन्ने गरी, गाँउ थर्किने गरी, भीर पहारा पनि हल्लिने गरी। असहायः र गरीबको पुकार सुन्ने भनाउँदा भगवान् को पनि कानै चिरिने गरी । त्यसो गर्दा पनि त यो स्वार्थि संसारमा मैले के पाउँथे? बरु बहुलाको उपमा पाउँथे होला। पागलको दर्जा पाँउथे होला। अनि त झन स्कुलमा मलाई काहाँ ठाँउ हुन्थो होला र? आमाले सानो छँदा भनेको कुरा सम्झिन्थेँ "छोरा यो सन्सार नै यस्तै हो। एक जना हाँस्यो भने सबैजना उ संगै हास्छन् । उस्को हँसाई धेरै जनाको हाँसोको बिचमा त्यतिकै बिलाएर जान्छ। तर उ रोयो भने उ एक्लै रुन्छ र उस्ले रोएको अरु सबैले हेर्छन् र हाँस्न थाल्छन्, केबल उ मात्र रोईहन्छ। " बिहिबार र शुक्रबार पनि त्यस्ता सूचनाका प्रबाहहरु रोकिएनन्। बरु अझ कठोर बन्दै गए। शुक्रबार बेलुका आयो, तर मेरो समस्याको समाधान आएन। सधैं बेलुका आमाले सोध्नु हुन्थ्यो "छोरा, केहि उपाय निस्को त ?" मेरा सधैंका निरास र नकारात्मक उत्तरले उहाँलाइ पनि अब केहि पार नलाग्ने भो भन्ने लागि सक्यो। शुक्रबार बेलुका मैले आमासंग सोधें "आमा म आईतबार स्कुल जानु कि न जानु? भर्ना नहुनेले कक्षामा बस्न नदिने भनेको छ सरहरुले ।" आमाको बोलि अड्कियो । केहि पनि बोल्नु भएन । उहाँका आँखा रसाएर आए । आँसु आखाँमा अट्न सकेनन् । केहि समय पछि सम्हालिंदै भन्नु भो "खै म के भनौं छोरा, अन्तिम सम्म कोशिष गर्नु भन्छन् । एकपटक हेड सरलाई सबै कुरा भन् न त, केहि सहयोग पो गरिहाल्छन् कि।" उहाँले थप्नु भो "अहिले पो मलाई पछुतो लाग्यो, मैले बेकारमा तेरो पुरस्कार पाएको १०० रुपियाँ झिलबहादुर साहुको ब्याज तिरेंछु । बरु म उनको ब्याज त काम गरेर तिर्थें नि । अहिले तँलाई कति काम दिन्थ्यो त्यो पैसाले । कमसेकम १ बर्षलाई फिस त पुग्थ्यो" । मैले भने "हैन आमा, तपाईंले ठीकै गर्नु भो, आखिर हामीले त्यो तिर्नै पर्थ्यो नि । अव केहि उपाय लागेछ भने पढौंला, नभए पनि घाँस-दाउरा गरौंला, गाई-भैंसी पालुम्ला । अलिअलि पाखो बारी छदैंछ, तेहि पसिना चुहाउला । आखिर आफ्नो कर्ममा जे लेखो तेहि त हुने हो नि"। यसो भनिरहँदा पनि पढ्ने मन चाहिँ लागि नै रह्यो । आमाको हेडसरसंग कुरा गर्ने कुराले चाहिँ मलाई अलिक आश पलायो । जे पर्ला पर्ला, आईतबार १ दिन चाँहि स्कुल जान्छु र सबैकुरा हेडसरलाई भन्छु । रामशरण हेडसर पनि राम्रा मानिस हुन भन्ने कुरा त सुनेको थिएँ । यति सोच्ता पनि मनै हलुको भएर आयो । मनमनै सोचे "आहा ! केहि पो भैहाल्छ की"। क्रमशः
Read Full Discussion Thread for this article