Posted by: Ok April 21, 2005
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
घर पुगें । आमालाई "आमा, आमा ! मैले आज १०० रुपियाँ पुरस्कार पाएँ नि, म प्रथम पनि भएँ" भन्दै हरियो गैंडा आमालाई दिएँ । मैले आसा गरेको थिएँ कि आमाले मेरो कुरा सुनेर धेरै खुशि हुनुहुनेछ । बुवाको मृत्यु पश्चात् ऊहाँको अनुहारबाट हराएको मुस्कान मेरो सफलता संगै फेरी फर्कनेछ । तर आमाका आँखा त आँसुले भरिए । एकैछिनमा आँखामा अट्न नसकी हिजो भर्खर मात्र हिउँदे पानी परेर भिजेको भुँईमा तरर खसे । १० बर्षे अञ्जान मलाई आमाका आँसु खुशिका आँसु हुन भन्ने कुरा पनि थाहा थिएन। "आमा किन रुनु भएको होला?" मेरो त्यो कलिलो मानसपटलमा तर्कनाका लहरहरु मडारिन थाले। फेरी एक पटक ३ बर्ष अगाडि ४० बर्षे अल्पायुमै बुबाले हामीलाई छोडेर जानु भएको दृष्य आँखामा नाँच्न थाल्यो । मलाई त तेति धेरै ज्ञान पनि थिएन। घरको आगनबाट सबैजनाले बुबालाई लिएर हिड्दा "बुबालाई काँहा लगेको?" भनेर मैले सोधेको र माइला बडाउले "तेरो बुबा नआउने बाटोमा गयो" भनेको मात्र याद छ। बुबाले छोड्नु भा को पीरले भन्दा पनि सेतो कपडामा आमाको क्रन्दन र छटपटीले चाँहि मलाई धेरै नै दुःखी बनाइको थियो। घन्टौं सम्म म पनि आमासंगै रोएको थिएँ । भाईबहिनी पनि रोएका थिए हामी आमा-छोरा संगै । हजुर आमा पनि "आफ्नो कान्छो छोरो पनि अघि लाग्यो, म बुढीमात्र के मर्न नसकी बाँचेकी होला, मलाई आउनु नी उस्लाई आउने काल" भन्दै आफ्नै टाउको मा हातले कति पटक हिर्काउनु भएको थियो ।
आज पनि आमा फेरी रुनु भयो । १ बर्ष अघिदेखी आमा रुएको मैले देखेको थिईन। झर्न नसकि आँखामै रहेका आँसुलाई पटुकाको टुप्पोले पुछि रुन्चे हाँसोमा भन्नु भयो "छोरा, तँ बाट मैले धेरै आसा गरेकी छु। तँलाई १० कक्षा सम्म पढाएर ठूलो माष्टर बनाउने मलाइ कत्ति मन छ?"। उहाँले फेरी थप्नु भो "तर छोरा, यत्रो परिबारलाई म एक्लैले कसरी धान्न सक्छु? फेरी तँलाई मात्र स्कुल पठाएर पनि हुन्न । भाईबुइनाले पनि जान खोज्छन । अनि बाख्रा कस्ले हेर्छ, गोठ खेतमा कस्ले काम गर्छ? हाम्रो आफ्नै कमाइले बर्षभरी खान पनि पुग्दैन। बनी गर्न जानु पर्छ । तिमीहरु सब स्कुल जाने हो भने सब काम चौपट हुन्छ, अनि हामी भोक भोकै मर्ने बेला आउँछ । ५ कक्षा सम्म त फिस (शुल्क) तिर्नु पर्दैन, जसो तसो गरौंला । स्कुल पनि टाढा छैन, बिहान बेलुका तिमीहरुले काम पनि गर्छौ । तर ६ कक्षा भन्दा माथि त मेरो केहि गरी चल्दैन । भाई बहिनालाई पनि ५ कक्षा सम्म पढाएर साक्षर बनाउन पाए पछि कसैले पनि झुक्याउन सक्ने थिएनन्।"