Posted by: Ok April 15, 2005
Manju, Malai Maaf Gara Hai !
Login in to Rate this Post:     0       ?        
पाठकवृन्द, नेपालीमा लेख्न, पढ्न छोडेको पनि १० बर्ष भैसक्यो । युनिकोडको बिकासले मलाई पनि नेपालीमा आफ्ना मनका भावना भनौं या बेदना भनौं, सम्पूर्ण साझाबासीहरुमा राख्न मन लाग्यो । तर कता कता डर पनि छ । शुद्वसँग लेख्न जान्दिन । ब्याकरण, ह्रश्व, दीर्घ पनि सबै बिर्सिसकें । ईञ्जिनियरिङ पढ्ने मानिसको साहित्य त झन् कस्तो होला, खै के जातीलाई के भनेजस्तो । आफू त पूर्बेली परें, पश्चिमेलीको जस्तो भाषिक मिठास पनि छैन । टाईप गर्न पनि भर्खर सिकेको, अति ढिलो छु । टाईपिङ पनि शुद्द नहुन सक्छ । मेरो यो पहिले नै तयार गरेको आत्मकथा पनि हैन । क्रमैसंग लेख्दै र यहाँहरु माझ पस्कँदै जाने छु । सबै समय यसैमा मात्र लगाउन पनि सक्तिन । अरु धेरै कामहरु पनि बग्रेल्ति छन् । त्यसैले कहिले काहीं ढिलो पनि हुन सक्छ । पाठकहरुमा पहिले नै क्षमा माग्न चाहन्छु । मेरी मञ्जु ! तिमी पनि यो साझा हेरीरहेकी छौ भने पक्कै पनि मलाई बुझ्ने छौ भन्ने आसामा छु । साझाबासी तपाईंहरु कोही मञ्जुलाई चिन्नु हुन्छ भने मेरो उनी समक्ष मेरा कुरा पुर् याई दिनु होला । हवस् त धन्यवाद ॥ साझाल्याण्ड, ३ बैशाख, २०६२
Read Full Discussion Thread for this article