Posted by: Nepe January 19, 2005
Of Models And Supermodels
Login in to Rate this Post:     0       ?        
भनेसी, गणतन्त्रको कुरा कति शिघ्र कति विलम्बित होला भन्ने अडकलबाजीको मियोमा घुम्याघुम्यै हुने भो । मेरो विचारमा यसरी फनफनी घुमेर रिंगटा लगाएर बस्न छाडेर शिघ्रतामा कल्याण लागे सोको निम्ति र विलम्बमा कल्याण लागे सोको निम्ति योगदान दिनुपर्ने समय हो यो । पाखामा बसेर तमाशा हेर्ने वा कछाड उचाली उचाली सप्पैलाई सत्तोसराप गर्ने वा दादागिरिले एक ठाउँमा भन्नु भा जस्तो डामेर छाड्या साँढे जस्तो डुँक्रिरहने ट्याम होईन यो । गोकुलजीले मनासिब कुरा गर्नु भो । 'के होला' भन्ने हात बँधाईले हामीलाई एक्ल्याउँछ, 'के हुनु पर्ने हो' भन्ने हात हलाईले हामीलाई जुटाउँछ, खटाउँछ ।
Read Full Discussion Thread for this article