Posted by: Nepe January 18, 2005
Of Models And Supermodels
Login in to Rate this Post:     0       ?        
पौडेलका अनुसार अवधारणापत्रमाथिको बहसलाई पार्टी अञ्चल र जिल्लामा समेत लाने भएको छ । कांग्रेसले अवधारणापत्रमा प्रतिनिधिसभाको पुनःस्थापना गर्ने र माओवादीलाई वार्तामा ल्याई हतियारको राजनीति अन्त्य गर्ने सहमतिसहित संसद्ले संविधानसभाको घोषणा गर्ने कार्यसूची प्रस्ताव गरेको छ । कांग्रेसको नीति तथा कार्यक्रम विभागद्वारा अवधारणापत्रमाथि छलफल गर्न राजधानीमा मंगलबार आयोजित छलफलमा अधिकांश बुद्धिजीवीले महाधिवेशनमा विधानबाट राजसंस्था हटाउनुपर्ने राय दिए । प्राध्यापक संघका निवर्तमान अध्यक्ष खगेन्द्र भट्टर्राईले राजाबाट जनतालाई बारम्बार धोका दिएर प्रजातन्त्र खोस्ने काम भएको उल्लेख गर्दै युवाको सोचअनुरूप कांग्रेसलाई गणतन्त्रमा जान सुझाव दिनुभयो । 'मुलुकका लागि संवैधानिक राजतन्त्र अपरिहार्य छ भन्ने कुरामै कांग्रेसले पुनर्विचार गर्नुपर्छ,' उहाँको भनाइ थियो । प्राध्यापक संघका पूर्व अध्यक्ष भीमसेनदास प्रधानले प्रजातन्त्र र राजतन्त्र सँगै हिंड्न नसकेको अनुभवबाट पाठ सिकेर कांग्रेसले महाधिवेशनबाट राजतन्त्रको औचित्यकै बारे ठोस निर्णय लिनुपर्ने बताउनुभयो ।
Read Full Discussion Thread for this article