Posted by: Nepe January 18, 2005
Of Models And Supermodels
Login in to Rate this Post:     0       ?        
एउटा सान्दर्भिक समाचार आजको कान्तिपुर दैनिक बाट ........ कांग्रेस विधानमा 'राजतन्त्र' हटाउन बहस कान्तिपुर संवाददाता काठमाडौं, माघ ५ - प्रतिगमनविरुद्ध आन्दोलनरत कांग्रेसले पार्टी विधानमा राजतन्त्र राख्ने कि नराख्ने सवालमा औपचारिक छलफल सुरु गरेको छ । स्थापनाकालदेखि नै संवैधानिक राजावादी कांग्रेसमा पहिलो पटक राजतन्त्रको औचित्यमाथि बहस भएको हो । 'पचास वर्षेखिको अनुभव र अभ्यासलाई ध्यानमा राख्दा पार्टी विधानमा राजसंस्थाको उल्लेख गर्नु के कति आवश्यक र औचित्यपूर्ण छ -' भन्ने प्रश्नमा कांग्रेसले मंगलबार पार्टी निकट बुद्धिजीवीसँग राय लियो । कांग्रेसले आगामी महाधिवेशनमा प्रस्तुत गर्ने नीति र कार्यक्रम तय गर्न प्रस्तावित अवधारणापत्रमा 'आजको युग राजतन्त्रको होइन प्रजातन्त्रको हो' भन्दै उक्त प्रश्नमा अन्तक्रिर्या गरेको हो । पार्टी तर्फ बाट नीति तथा कार्यक्रम विभाग प्रमुख रामचन्द्र पौडेलले उक्त अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो ।
Read Full Discussion Thread for this article