Posted by: Nepe January 18, 2005
Of Models And Supermodels
Login in to Rate this Post:     0       ?        
धर्मको खाका त्यस्तो बन्यो जसले डोरीमा, डोरीमा पनि हैन- खुकुरीको धारमा हिड्न चाहिने एक सेकेण्ड पनि टुट्न नहुने सतर्कता, एक मिलीमिटर पनि डगमगाउन नहुने सन्तुलन, एकदिन पनि बिदा लिन नहुने बुद्धिमत्ताको माग गरयो । अर्को शब्दमा, ideal individual हरुले मात्र सफलतापूर्वक चलाउन सक्ने धर्मको निर्माण गरयौं हामीले । Real individual हरुले पनि चलाउन सक्ने बलियो धर्मको निर्माण गर्न पट्टी लागेनौं हामी । र डेढ दशक खेर फाल्यौं । गाँठी कुरो यो हो । धर्म लटरपटर भए नि धर्मपालकहरुले विवेक निकानेर चलाए भईहाल्यो नि भन्ने लटरपटरवादले बिगारेको हो हाम्लाई । लटरपटरवादबाट मुक्ति र स्पष्टवादको अंगिकार आजको आवश्यकता र समयको माग हो । अनि राजालाई उनको ईच्छा विरुद्ध हतकडी लगाएर, नजरबन्द गरेर राख्ने प्रजातन्त्रको torture दिन छाडौं । राजालाई यस्तो प्रजातन्त्र भन्दा त राणाशासन नै बेसी राम्रो होईन र ? No wonder शाही परिवारले राणाजीहरुलाई भन्दा अरुलाई कमै पत्याए, मान गर्ने त कुरै छाडौं । शाही परिवारलाई जीवनभर नजरबन्द गरेर सास्तीमा राखने होईन नेपालको स्वतन्त्र नागरिक भएर फुक्का बाँच्न दिऔं । यसैमा सबैको कल्याण र आनन्द छ ।
Read Full Discussion Thread for this article